स्वास्थ्य केन्द्रमा छड्के अनुगमन

बिहिबार, चैत्र १५, २०७४

- रामनारायण पण्डित



सिरहा  ।  मिर्चैया नगरपालिका बडा नं. ७ का बडा अध्यक्ष रामकुमार यादबले जनताको स्वास्थ्य जस्तो गम्भिर विषयमा खेलवाड गर्ने जुनसुकै तह तथा तप्काका स्वास्थ्यकर्मी र कर्मचारीमाथि कारबाही गर्ने चेतावनी दिएका छन् ।

मिर्चैयामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको छड्के अनुगमनपछि संक्षिप्त प्रतिक्रिया दिदै वडा अध्यक्ष यादबले स्बास्थ्य क्षेत्र आम जनताको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने बिषय भएकोले अटेरी गर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले जनताको समस्या बुझि तुरुन्त सेवा प्रवाह गर्न अस्पताललाई निर्देशन दिए ।
वडा अध्यक्ष यादबले अस्पतालको भौतिक अवस्था राम्रो देखिए पनि सेवाको स्थिति दयनीय रहेकोले तत्कालै सुधार गर्न कर्मचारीहरुलाई निर्देशन दिए । उनले अनुगमन गर्दै अस्पतालको स्थितिको विषयमा अस्पतालका प्रशासन प्रमुख सुशिल कुमार साहसंग जानकारी लिएका थिए ।

अनुगमनका क्रममा अस्पतालमा देखिएका समस्याका बारेमा  सम्बन्धित निकायमा पहल गर्ने वडा अध्यक्ष यादबले आश्वानस दिए । चिकित्सक तथा अन्य कर्मचारीहरु समयमा नपुग्दा सेवाग्राही मर्कामा पर्ने गरेको गुनासो आएपछि छड्के अनुगमन गरेको वडा अध्यक्ष यादबले बताए । उनले बाहाना बनाएर आमजनताको स्बास्थ्यसंग खेलबाड गर्ने कर्मचारीलाई छुट दिन नसक्ने स्पष्ट गरे ।

 

अनुगमनका क्रममा मिर्चैया नगर स्बास्थ्यका सहसंयोजक बिजय महतोले कर्मचारीहरुलाई समयको ख्याल गरी बिरामीको उपचारमा लाग्न निर्देशन दिए ।

अनमीको भरमा अस्पताल संचालन
अस्पतालमा स्थायी ११ जना र करारका ९ जना कर्मचारी गरी जम्मा २० जना कर्मचारी कार्यरत रहेका छन् । २० जना कर्मचारी भएपनि मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्र अनमीको भरमा सञ्चालन हुँदै आएको छ । मिर्चिया प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अनमि शान्ति देबी धिमालको भरमा संचालन भईरहेको छ । अस्पतालका प्रमुख डा. अरुण कुमार साह साउन महिना देखी अध्ययनका लागि अस्पताल छाडेर गएपछि अहिलेसम्म निमित प्रमुख शान्तिदेवी धिमालको भरमा संचालन भईरहेको छ । डा. साह गएको करीब ८ महिना भइसक्दा पनि स्वास्थ्य केन्द्रमा अन्य सरोकारवाला मौन भएको स्थानियले गुनासो गरेका छन् ।

साथै स्वास्थ्य केन्द्रमा औषधि अभाव समेत देखा परेको छ । जसका कारण स्वास्थ्य केन्द्रमा आउने विरामीहरु बिरामीहरु मर्कामा परेका छन् । स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको महिनौँ बित्न लाग्दा समेत सरोकारवालाले चासो नदिएको अस्पतालका प्रशासन प्रमुख साहले गुनासो गरे । उनले भने “स्बास्थ केन्द्रमा बिरामी उपचारका लागि आउने गर्दछन् तर केहि उपलब्ध रहेका औषधि हामी दिन्छौ, नत्र औषधि छैन भनेर बाहिर पठाउँछौं ।”

114 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank