राजमार्गको अवस्थाप्रति उद्योग बाणिज्य संघको चासो

बुधबार, चैत्र १४, २०७४

- राम नारायण पंडित



सिरहा । पूर्बपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत मिर्चैयामा रहेका सडकका खाल्डाखुल्डीको मर्मत लामो समयसम्म नभएको प्रति उद्योग बाणिज्य संघ रामनगर मिर्चैयाको ध्यानाकर्षण भएको छ ।

ब्यापारीक तथा ओैद्योगिक क्षेत्रको रुपमा अगाडी बढिरहेको अबस्थामा मिर्चैयामा उचित ढल निकास नहुँदा गत बर्षको बर्षाको समयमा भत्केको सडकको अहिलेसम्म मर्मत नभएकोले सडक मर्मतका माग गर्दै संघले बिज्ञप्ती जारी गरेको छ ।

भत्केको सडक र राजमार्गमा बसेको बाक्लो धुलो र धँवाले ब्यापारिक स्थलको साथै पैदल यात्रुको समेत स्बास्थ्यमा प्रतिकुल असर गर्नुको साथै गाडीको चापको कारणले उड्ने धुलोले प्रदर्शनीको लागि राखिएको सामग्रीहरुरु धुलाम्य भईरहेको संघले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएकोे छ । राजमार्गको मुख्य सडक क्षेत्रमा बायु प्रदुषणको कारणले पैदल हिड्डुल गर्न मुस्किल रहेकोेले सम्बन्धित सरोकारवालालाई बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराईएको छ ।

प्रदुषण ब्यबस्थापनको लागि सरोकारबाला निकायहरुलाई पटक पटक हारगुहार गर्दापनि कुनै सुनुबाई हुन नसकेको संघका अध्यक्ष हरीशंकर साहद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरेको छ । समयमा समस्याको समाधान नभए कडा कदम चाल्न बाध्य हुने संघले जारी गरेको बिज्ञप्तीमा मार्फत जनाएको छ ।

प्रेस विज्ञप्ती जस्ताको तस्तै

press not

53 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank