बाहिर अध्याँरो सिंहदरबार झिलिमिली

मङ्लबार, अशोज २४, २०७४



काठमाडौं । सिंहदरवारमा अब कहिल्यै बिजुली नजाने गरी सरकारले बिजुली आपूर्ति नियमित बनाउन भवनका छतछतमा सोलार प्यानल जडान गर्नेभएको छ ।

एक मेघावाट क्षमताको सोलार प्यानल जडान आगामी तीन महिनाभित्र सक्नेगरी तयारी भएको छ । ‘सिंहदरबारभित्र रहेका सबै भवनको छतमा सोलार प्यानल जडान गर्न लागिएको र त्यी छतमा ठाउँ अपुग भए बाहिर रहेका राष्ट्रिय वाणिज्य बैंक, बिमा संथानको भवनको छतमा पनि सोलार प्यानल राखिने छ ।

पुस १६ गतेभित्र सोलार प्यानल जडान सम्पन्न गरी विद्युत उत्पादन गरिने उर्जा मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

चिनीयाँ सरकारको अनुदानबाट जडान हुने एक मेघावाट सोलार प्यानलबाट उत्पादित विद्युतशक्तिलेसिंहदरबारलाई अपुग भए बिजुली गएको बेला ब्याकअपको रुपमा काम गरिने छ । आजभोली चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेसनले सिंहदरबार परिसरमा धमाधम सोलार प्यानल जडान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata