भोकाहरूलाई निशुल्क भरपेट खाना खुवाउँदै एकल महिला समूह

मङ्लबार, बैशाख १६, २०७७

- भूपेन्द्र शाह



काठमाडौँ । विश्वव्यापी रूपमा महामारीको रूपमा फैलिँदै गएको कोरोना भाइरसको कारण विश्वका अधिकांश मुलुकहरूमा लकडाउन अपनाइएको छ ।

लकडाउनको कारण जनजीवन अस्तव्यस्त बन्दै गइरहेको छ । नेपालमा पनि गत चैत ११ गतेबाट कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले लकडाउन प्रक्रिया अपनाइएको छ । लकडाउनका कारण मजदुर वर्ग, विद्यार्थी र श्रमजीवी वर्गहरू,एकल महिला, बृद्धबृद्धा बढी मारमा परेका छन् । लकडाउनका कारण भोक भोकै बस्न नपरोस् भन्दै मानव अधिकारका लागि महिला, एकल महिला समूहले  बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ७ हात्तीगौंडामा निःशुल्क खाना खुवाउँदै आएको छ ।

1

सरकारले दिने राहत सामग्री नपाएका र भोक भोकै बस्न बाध्य आम सर्वसाधारणको लागि एकल महिला समूहको टोली परोपकारी मात्र नभई भोकाहरूको भगवान् बनेका छन् । मानव अधिकारका लागि महिला एकल महिला हात्तिगौडाले वैशाख ३ गते देखि खाना खुवाउन थालिएको र हाल दैनिक ९ सय भन्दा बढिलाई खाना खुवाउँदै आएको समूहकी संस्थापक लीला थापाले नेपालपाटी डटकमलाई जानकारी दिएकी छन् । एकल महिला समूह लगायत थुप्रै सहयोगी मनहरूले क्यास, पानी चामल सहयोग गर्दै आएको थापाले जनाएकी छन् ।

d

बुढानीलकण्ठ वरिपरिका मजदुर वर्गलाई पहिले राहत वितरण गरेको थियाे । तर राहत प्रभावकारी नहुँदा अाफै ताताे खाना खुवाउन थालेकाे संस्थाले जनाएकाे छ । ज्याला मजदुरी गरी खाने वर्ग , भाडा बस्ने व्यक्ति विद्यार्थी सुत्केरी महिला र एकल महिलाहरू दिनहुँ खाना खान आइरहेका छन् ।  ज्येष्ठ नागरिक हामीलाई यो समयमा सेवा गर्न पाउँदा हामीलाई निकै खुसी मिलेको संस्थामा कार्यरत एकल अगुवा महिला शान्ति महर्जनले बताएकी छिन ।

 

yakal r

e

f

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments