सिंगापुरमा हात्तीको दाँतबाट बनेको सामान विक्रिमा पूर्ण प्रतिबन्ध

मङ्लबार, साउन २८, २०७६



एजेन्सी । सिंगापुर सरकारले वन्यजन्तुको अंगबाट निर्मित समानको अवैध व्यापारमाथि रोक लगाएको छ ।  एक विज्ञप्ति जारि गर्दै हात्तीको दाँत तथा त्यसबाट बन्ने कुनै पनि  घरेलु सामानको विक्रीवितरणमा  सन् २०२१ देखि  पूर्ण प्रतिबन्ध  लगाइने बताइएको छ  ।

सिंगापुर सरकारको अधिकारीले  हात्तीको दाँत व्यापार गर्ने सम्पूर्ण  समूह तथा अन्य खरिदकर्ताहरु बीच करिब दुई वर्ष देखि गर्दै आएको विचार-विमर्श पश्चात विश्व हात्ती दिवसको अवसरमा उक्त निर्णय गरेको हो ।

सिंगापुर प्रशासनले गत महिना हात्तीको दाँतबाट बनेका सामानहरु तस्करी गर्ने  गिरोहलाई समातेको थियो । त्यस समय तस्करहरुबाट करिब नौं टन प्रतिबन्धित हात्तीको दाँत  बरामद भएको थियो । बरामद गरिएको करिब नौं टन दाँतको बजार मूल्य १२९ लाख डलर रहेको जनाईएको छ । उक्त दाँत करिब ३०० हात्तीहरुबाट संकलन गरिएको एक अनुमानले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata