एक शहर- जहाँ रातको समयमा तारा देखिदैन

सोमवार, असार ९, २०७६



एजेन्सी । विश्वमा केहि त्यस्ता शहर पनि छन् । जहाँ रात पर्छ । तर कहिल्यै अध्यारो हुँदैन ।  विश्वका २४ ठुला शहरहरु मध्ये ७ शहरमा कहिल्यै  रात पर्दैन । आधुनिक समाज अध्यारोलाई देखि सहदैन भन्ने बुझाउने अनेकौं ठुला शहरहरु मध्ये एक हो – सिंगापुर !

यसो गर्नुहोस्,रातको समयमा बाहिर निस्कनुहोस्।तपाई सिंगापुरको आकाशमा  तारा देख्नुहुने छैन । देखे पनि एकदमै कम संख्यामा देख्नु हुनेछ । आफू नजिकैको आर्टिफिसियल लाइटको अत्यधिक चमकका कारण तपाई निकै परको  आकाशीय ताराहरु मलिन देख्नुहुनेछ ।

पछिल्लो पचास वर्षमा सिंगापुरले हासिल गरेको समृद्धिले दुनियाँ चकित छ ।  दक्षिण एसियामा बेलायती शासन चलेको अवस्थामा आफ्ना हातहतियार सुरक्षित साथ राख्ने ‘डम्पिङ साइट’ सिंगापुर हाल एसियाकै प्रमुख ‘फाइनान्सीयल हव’ बनेको छ ।  हवाईजहाजबाट हेर्दा समेत यसको चारैतिर समुन्द्र देखिदैन, समुद्रमाथि पनि शहरकै प्रतिबिम्ब देखिन्छ ।

करिब सवा लाख ल्याम्प पोस्ट रहेको यस शहरका बिल्डिङ, घर, रोड, रेलवेहरु मात्रै होइन सार्वजनिक स्थलहरु समेत रातभर चम्कीरहन्छन् । उद्दोगधन्दा, व्यापार केन्द्र, यातायात, वित्तीय संस्था,एयरपोर्ट लगायतका स्थानहरुमा प्रकाश प्रदुषण अत्याधिक हुने गरेको देखिन्छ।

Singapore stars lost in night sky as light pollution shines the brightestको लागि तस्बिर परिणाम

सन् २०१६ मा लाइट पोलुसन साइन्स एण्ड टेक्नोलोजी इन्स्टिच्युटले गरेको  एक अध्ययन अनुसार प्रकाश प्रदुषणको  हिसाबले विश्वकै एक नम्बरमा सिंगापुर परेको छ । उक्त अध्ययन प्रतिवेदनमा लेखिएको थियो । एक देश जसको कुनै पनि कुनाबाट आकाशगङ्गा तारापुन्जलाई देख्न असम्भव छ ।

यस प्रकारको प्रकाश प्रदुषणले वन्यजन्तु, प्रकृति साथै यसको संहारकर्ता मानव जगतलाई पनि प्रतिकुल असर पार्ने पक्का-पक्की नै छ । हर्मोन डीसब्यालेन्स भई अनेकौं रोग भित्रिने आशंका पनि उक्त प्रतिवेदनमा व्यक्त गरिएको छ ।जसमध्ये आँखाजन्य रोगहरु निम्तिने जोखिम उच्च छ ।  साथै चराहरुमा यसको प्रभाव नकारात्मक तवरले बढ्दै गइरहेको बताईएको छ ।

द इन्टरनेशनल डार्क स्काई एसोसिएसन(आइडीए ) का अनुसार, ‘रात्रीकालिन अध्यारो एक प्राग-ऐतिहासिक सम्पदा हो । यसको रक्षा गर्नु सबैको दायित्व हो ।’

इपिए

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata