सिण्डिकेट पक्षधरको हडतालः मध्यम र निम्न वर्गीयलाई सास्ती

शुक्रबार, बैशाख २१, २०७५



काठमाडौँ ।  शुक्रबार सडकमा चललपहल बाक्लै देखियो तर सार्वजनिक यातायातका साधन भने फाट्टफुट्ट मात्र देखिए । सिण्डिकेट अन्त्य गर्ने, यातायातका समितिहरू दर्ता नगर्ने, नविकरण समेत नगर्ने र यातायातका साधन कम्पनी ऐन अन्तर्गत दर्ता गरेर संचालन गर्नुपर्ने निर्णयको विरोधमा नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले आमहडताल गर्दा सेवा प्रभावित भएको हो ।

आफ्नो सवारी साधन हुनेहरू निर्वाध रुपमा गन्तव्यतर्फ लागे भने निजी सवारी नहुनेहरू भौतारिन बाध्य भए । काठमाडौँ उपत्यकामा साझा, यातायात, मयुर यातायात, अन्नपूर्ण यातायात, केही टेम्पो र ट्याक्सीले भने सेवा दिएका थिए

शुक्रबार स्नातक तह प्रथम वर्षको परीक्षा पनि थियो । परीक्षा दिन हिडेकी सर्मिला थापालाई महाराजगञ्ज पुग्नु भयो । तर, बानेश्वरमा एक घण्टा कुर्दा पनि उनले गाडी भेटिनन् । परीक्षा नै छुट्ने भएपछि साथीलाई बोलाएर बाइकमा गइन् । बाइकमा पनि तीन जना बसेर जानुपर्ने बाध्यता आयो । उनले हडताल गर्ने व्यावसायीप्रति आक्रोस पोखिन् । ‘सिण्डिकेट लादेर दुःख दिने व्यावसायीलाई सरकारले कारवाही गर्नुपर्छ । अहिले पनि सरकार पछि हट्यो भने सिण्डिकेट कहिल्यै हट्नैन’ उनले भनिन् ।

गाडी कुरिरहेकी सावित्री राईको गुनासो पनि यस्तै छ । ४५ मिनेट भन्दा बढी गाडी कुर्दा पनि नभेटेको उनी बताउँछिन् । ‘नेपालमा यस्तै भईरहेको छ, केही थाहा नै हुँदैन, कतिबेला बन्द हुन्छ । हामीलाई बन्द हडताल होईन शान्ति चाहिएको छ । भनेको ठाउँमा छिटो पुग्ने अवस्था होस ।’

नयाँ बानेश्वरको पिपलबोटमा गाडी कुर्नेको भीड थियो । गाडी कुरेर चौतारीमा बसिरहेका रोहिका श्रेष्ठ र सुरज वाग्लेको पीडा पनि उस्तै थियो । उनीहरु चावहिल र नक्साल जान एक घण्टादेखि गाडी कुरिरहेका थिए । सुरजले भने ‘केही टेम्पो र साझा यातायात मात्र चलिरहेको छ खै के हो ? बुझन गाहा्र्े छ । काम थियो नगई नहुने काम पनि छुट्ने भयो ।’ हल्लैहल्लामा बन्द हुने देश भन्दै उनीहरूले आक्रोस समेत पोखे ।

कुरा भन्दा काममा प्राथमिकता दिनुपर्ने र बन्द हडतालजस्ता कार्यक्रमलाई सवैले तिरस्कार गर्नुपर्नेमा सवैको एउटै स्वर थियो ।

गाडी नपाएर बानेश्वर थापागाउँको ओरालोमा स्वास्थ्य जाँच गराउन हिडिरहेका श्रीप्रकाश पौडेललाई पनि यातायात व्यवसायीको अटेरीपन मन परेको थिएन् । ‘म बिरामी छु, त्यसैले चेकअप गराउन क्लिनिकमा हिडेको हुँ । गाडी नचलेका कारण हिडेरै जान बाध्य भएँ ।’

206 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank