सिन्धुपाल्चोकमा फैलिएको मौसमी रुघाखोकी नियन्त्रणमा आउँदै

कोरोना नभएको स्वास्थ्यकर्मीको भनाई

बुधबार, माघ २९, २०७६



काठमाडौं । केहि दिन यता सिन्धुपाल्चोकको गुम्बामा फैलिएको मौसमी रुघाखोकी नियन्त्रणमा आइरहेको स्वास्थ्यकर्मीले बताएका छन । कोरोना भाइरससँग लक्षण मिल्दो जुल्दो भएको भए पनि कोरोना भाइरस नभएकाले नआत्तिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन ।

जिल्लाको जुगल गाउँपालिका ३ गुम्बा गाउँमा केही दिनदेखि फैलिएको मौसमी रुघाखोकीले सिंगो बस्ती नै आक्रान्त भएको थियो । रुघाखोकीबाट सिंगो गाउँ बिरामी परेपछि गाउँपालिका अध्यक्ष होमनारयण श्रेष्ठको नेतृत्वमा चिकित्सकहरुको टोली गाउँमा पुगेर उपचार सुरु गरेका छन् । मौसमी रोगका कारण गाउँका तीन सय बढी बिरामी भएका छन् ।

 बिरामी निको हुँदै गएको कोरोना भाइरस नभएको स्वास्थ्यकर्मीले जनाएका छन । गाउँमा रहेका स्कुले बालबालिकाहरु समेत यो रोगको चपेटामा परेपछि बिद्यालय बन्द गरिएको छ । ल्याब टेस्ट पछि मात्रै रोगको पत्ता लाग्ने चिकित्सकले जानकारी दिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments