तेक्वान्दो नेपालकी सिना मादेनले जितिन स्वर्ण

सोमवार, मंसिर १६, २०७६



काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालको तर्फबाट तेक्वान्दोमा सिना मादेनले स्वर्ण पदक जित हासिल गरेकी छिन ।

१३ औं सागमा नेपालले तेक्वान्दोमा दोस्रो स्वर्ण प्राप्त गरेको छ । तेक्वान्दोको पोम्से प्रतिस्पर्धामा १७ वर्षदेखि २३ वर्ष उमेर समूहमा नेपालकी सिना मादेनले स्वर्ण दिलाएकी हुन् ।
स्वर्ण जितेपछि खुसी हुँदै मादेनले बाबु गुरु र राष्ट्रको नाम उच्च राख्न पाएकोमा खुसी व्यक्त गरेकी छिन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata