पाकिस्तान सरकार ‘पाप कर’ लगाउँदैं !

बिहिबार, मंसिर २०, २०७५



इस्लामावाद । पाकिस्तानी सरकारले छिट्टै ‘पाप कर ’ लगाउने घोषणा गर्दैछ । पाकिस्तानी स्वास्थ्यमन्त्री अमिर महसुदले भने, तहरिक- ए -इन्साफ सरकार देशको स्वास्थ्य बजेट ५ प्रतिशत बढाउन चाहान्छ ।

जसको लागि छिट्टै ‘पाप कर ’लगाउँदै बजेटको बन्दोबस्त गरिने छ । चुरोट, रक्सी, पोर्नाेग्राफी र जुवामा लगाइने प्रत्यक्ष कर लगाई ‘पाप कर ’को संज्ञा दिइएको छ । यो कर निर्माता वा होलसेलर माथि लगाइने छ ।

जसबाट उठेको रकम सामाजिक र आर्थिक लक्ष पूरा गर्न प्रयोग गरिने छ । विश्वका करिब ४५ देशले लगाइ सकेको ‘पाप कर ’ अन्तरगत उठेको रकम हरेक मुलुकले छुट्टाछुट्टै क्षेत्रमा खर्च गरिरहेका छन् ।

अमेरिकामा ‘पाप कर ’बाट उठेको रकम इन्फ्रास्ट्रक्चरमा लगाइन्छ भने स्वीडेनमा जुवाको कुलतमा फसेका मानिसलाई उद्दार गर्न प्रयोग गरिन्छ ।

143 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank