भारतीय नागरिकद्वारा सशस्त्रको चेकप्वाइन्टमा ढुंगामुढा

बिहिबार, बैशाख २५, २०७७



काठमाडौं । नेपाल प्रवेश गर्न लागेका भारतीय नागरिकहरुले सशस्त्र प्रहरीको चेकप्वाइन्टमा ढुंगामुढा गरेका छन।

बाराको कबहीगोठस्थित भारतबाट दुइटा गाडीसहित नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकले हातपात र ढुंगामुढा गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरी भीडलाई तितरबितर पारेको छ । गाडीलाई प्रवेश गर्न नदिएपछि उनीहरु प्रहरी माथि ढुंगामुढा बर्साउन थालेको र जवाफी कार्वाहीमा सशस्त्र प्रहरीले हवाइफायर गरेको बताइएको छ ।

पछिल्लो समय लकडाउन शुरु भए यता भारतीय नागरिकले नेपाल प्रवेश गर्न खोज्दा ११ चेक प्वाइन्टमा आक्रमण गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments