नेपाल भारत सीमा तीन दिनसम्म बन्द हुने

बिहिबार, बैशाख २६, २०७६



कपिलवस्तु । भारतीय लोकसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल भारत सीमा तीन दिनका लागि बन्द हुने भएको छ ।

 भारतको उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दे कपिलवस्तुको सीमा नाका बन्द सीमानाका तीनसम्म बन्द गर्न लागिएकाे हो ।

भारतको सिद्धार्थनगर जिल्लासँग सीमा जोडिएका कपिलवस्तु र रुपन्देही अन्तर्गतका सीमा नाकामा  शुक्रबार देखि आइतबार ५ बजे सम्मका लागि आवतजावतमा राेक लगाएकाे कपिलवस्तु जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले जानकारी दिए ।

भारतीय निर्वाचनकाे क्रममा हुन सक्ने गढबढीलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा संयुक्त सीमा गस्ती गर्ने सहमती भएकाे जनाइएकाे छ । विरामी बोकेका एम्बुलेन्स र अत्यावश्यकीय सामग्री ढुवानीका लागि सुरक्षा निकायको समन्वयमा आवत जावत गर्ने व्यवस्था मिलाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata