नेपाल कपडा तथा सिलाई व्यवसायी संघ विभाजनको संघारमा

सोमवार, साउन १४, २०७५



काठमाडौं।
नेपाली कपडा तथा सिलाई व्यवसायीक क्षेत्रमा देखिएका समस्या र चुनौंती हल गर्न झण्डै दुई दशक देखि सक्रियरुपमा आफ्ना हकहित र अधिकारका निम्ति सक्रिय रहेर आईराखेको यस संघ अहिले विभाजनको संघारमा पुगेको आरोप लगाइएको छ ।
केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठका कारण विभाजनको संघारमा पुगेको असन्तुष्टहरुको आरोप छ । ‘विशेषत वर्तमान अध्यक्ष रामकृष्ण श्रेष्ठका कारण संघको झण्डै २ दशक लामो यात्रामा संघ यति धेरै कमजोर भएको यो पहिलो पटक हो, संघ फुटको संघारमा पुगिसकेको छ,’ एक सदस्यले भने ।

अहिले संघमा देशभरका ५४ जिल्लाहरु सक्रिय सदस्यको रुपमा रहेका छन् । वर्तमान कार्यशैलीका कारण संघ अपेक्षाकृतरुपमा अघि बढ्न नसकेको, सिमित व्यक्तिको अधिनभित्र रहि संघलाई ठगी खाने भाँडोका
रुपमा प्रयोग गरिएको, जिल्ला संघका सक्रिय सदस्यहरुलाई पाखा लगाई आफ्ना नजिकका व्यक्तिहरुलाई आफूखुसी कार्यसमितिमा मनोनयन गर्नेजस्ता अवान्छनीय गतिबिधि अगाडि बढेको असन्तुष्टहरुले बताएका छन् । ‘चाहे रामेछापमा अपनाएका आफ्ना रवैया हुन् या कास्कीमा सक्रिय पदाधिकारी सदस्य माथि गरेको अन्यायपूर्ण व्यवहारले सिङ्गो संघलाई लज्जीत बनाएको छ,’ कास्की जिल्ला संघका एक सदस्यले बताए । यदि यस्तै रवैया कायम रहे यस संघभित्र आफूहरु अट्न नसक्ने उनले बताएका छन् । अध्यक्ष श्रेष्ठले विधानसम्मत सम्पन्न विभिन्न जिल्ला संघका साधारणसभामा ठाडो हस्तक्षेप गरी आफू इतरका व्यक्तिलाई प्राथमिकता दिने, सक्षम, अनुभवी र मिहिनेती व्यक्तिहरुलाई पाखा लगाउने काम स्वयं अध्यक्षको तर्फबाट भइराखेको ती सदस्यले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank