नर्समा काेराेना संक्रमण पुष्टि भएसँगै एउटै भवनका दुई अस्पतालमा सिल

बुधबार, बैशाख ३१, २०७७



काठमाडौं । विश्वव्यापी रुपमा फैलिदै गरेको कोरोना भाइरस महामारीले केहि दिन यता नेपालमा उग्र रुप लिइरहेको छ ।

आरोग्य फाउन्डेसनमा कार्यरत एक नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ललितपुरका दुई अस्पलतामा सिल गरिएको छ । पुल्चोकमा रहेका दुई अस्पताल आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सिल गरिएको हो ।

कोरोना संक्रमण बढन सक्ने भन्दै सुरक्षाकर्मीले एकै भवनमा रहेको दुबै अस्पतालमा सिल गरेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments