शिक्षक सेवा आयोगको परीक्षा स्थगित, आमशैक्षिक हड्ताल फिर्ता

शुक्रबार, चैत्र १६, २०७४

- भुपेन्द्र शाह ठकुरी



काठमाडौं । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि चैत २३ गते तोकेको परीक्षा स्थगित गरिएको सूचना निकालेसँगै संयुक्त विद्यार्थी संगठनहरुले आमशैक्षिक हड्तालका कार्यक्रम स्थगित गरेका छन् ।

अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र नेविसंघले अस्थायी शिक्षकको परीक्षा स्थगितको माग गर्दै १७ गतेबाट आम शैक्षिक हड्तातका कार्यक्रम गर्ने घोषणा गरेका थिए । शिक्षा ऐन संशोधनसहित २०२८ को दफा ११ च मा भएको व्यवस्था बमोजिम कार्यरत अस्थायी शिक्षकको परीक्षा चैत्र २३ गते विहान १० बजेबाट लिने तयारी थियो ।

आयोगले आन्तरिक र खुल्ला परीक्षासँगसँगै गर्ने समेत जनाएको छ । परीक्षा स्थगनको माग गर्दै गत सोमबारदेखि तीन जना विद्यार्थी हेमराज थापा, राजन लम्साल र मिलन बास्तोलाका साथै दुर्इ शिक्षक आमरण अनसनमा बसेका छन् । विद्यार्थीहरूले शुक्रबार पनि देशभरका क्याम्पस अगाडि चक्काजाम गरेका थिए ।  अनशनरत पक्षको माग सम्बोधन गर्न शिक्षा, विज्ञान तथाप ्विधिमन्त्रालयले शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन गरेको छ ।

६ लाखभन्दा बढी विद्यार्थी अध्यापन अनुमतिपत्र लिएर खुला प्रतिस्पर्धा गर्न तयार रहेको अवस्थामा आन्तरिक प्रतिस्पर्धा हुनलागेको भन्दै विद्यार्थीहरुले आन्दोलन गर्दै आएका थिए । अब बार्ता मार्फत सबै समस्याको हल हुने आम शैक्षिक हडतालका कार्यक्रम फेर्ता लिएको अनेरास्ववियुका केन्द्रिय सचिव आर सि लामिछानेले जनाएका छन् ।

susana

240 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank