शिफरिसमा परेका एमालेका आशलाग्दा उम्मेद्वारहरु

शुक्रबार, अशोज २०, २०७४

loading...


काठमाडौ । एमालेका प्रदेश तथा निर्वाचन क्षेत्रीय कमिटी र जिल्ला कमिटीले शिफारिस गरेका केही नेताहरु नेपालको राजनीतिमा आस लाग्दा मानिएका छन । एमालेमा त्यस्ता धेरै नेताहरु छन। तर हामीलाई प्राप्त समाचारका आधारमा शिफारिस भएका केही नेताहरुको बारेमा सानो परिचय प्रस्तुत गरिएको छ ।

जीवनराम श्रेष्ठ , प्रतिनिधिसभा काठमाडौ ८
जीवनराम श्रेष्ठ पार्टीको तर्फबाट काठमाडौ क्षेत्र नं ८ बाट शिफारिस भएका छन् । उनी हाल नेपाल ओलम्पिक कमिटीका अध्यक्ष हुन् । काठमाडौका स्थानीय बासिन्दा श्रेष्ठ यस अघि संविधानसभाको निर्वाचनमा सोही क्षेत्रबाट पार्टीको तर्फबाट उम्मेदवार भएका थिए । एमाले केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठ युवा र लोकप्रिय नेताका रुपमा चिनिन्छन् । उनको शिफारिस भएपछि क्षेत्र नं ८ का एमालेका नेता तथा कार्यृकर्ता उत्साही भएका छन्

निरज आचार्य प्रदेशसभा जाजरकोट २
निरज आचार्य जाजरकोट २ बाट प्रदेश सभका लागि शिफारिस भएका हुन् । युवा आन्दोलनमा लामो समय लागेका उनी युवा संघका पूर्ब महासचिव हुन् । पार्टीको बिभागका उनी हाल एमाले केन्दीय श्रम तथा रोजगार बिभागका सचिव छन् । जाजरकोटमा उनी लोकप्रिय युवा नेताका रुपमा परिचित छन्। उनको उम्मेदवारी पछि जाजरकोटमा कार्यकर्ताहरु उत्साही भएका छन्

बिष्णु रिजाल प्रदेशसभा दैलेख २
नेकपा (एमाले) केन्द्रीय पार्टी प्रचार विभागका सचिव विष्णु रिजाल दैलेखबाट प्रदेशसभा सदस्यको उम्मेदवारमा सिफारिश भएका छन् । दैलेखको(२ नम्बर निर्वाचन क्षेत्रको प्रदेशसभाको एक नम्बर क्षेत्र (दुल्लू(भैरबी)बाट सिफारिश भएका हुन् ।

प्रेस चौतारी नेपालका पूर्वमहासचिव समेत रहेका रिजाल यसअघि बुधबार साप्ताहिक र पहिलोन्यूज डटकमको सम्पादक थिए । लामो समय पत्रकारितामा क्रियाशिल रिजाल नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुदा प्रेस सल्लाहकार थिए । बौद्धक छविका रिजाल कुटनीति क्षेत्रमा गहिरो ज्ञान राख्छन् ।

यज्ञराज सुनुवार प्रतिनिधिसभा ओखलढुंगा
यज्ञराज सुनुवार ओखलढुंगाबाट प्रतिनिधिसभाका लागि शिफारिस भएका छन् र उनको नाम पहिलो बरियतामा रहेको छ। कांग्रेसको किल्ला भनि चर्चा जमाएको ओखलढुंगामा त्यसलाई तोड्दै एमालेको झण्डा फहराउन उनी सफल भएका थिए। २०७० सालको निर्वाचनमा ओखलढुंगा क्षेत्र नं १ बाट नेपाली कांग्रेसलाई ३ हजार ३५ सय मतले पराजित गर्दे बिजयी उनी हाल सांसद छन् । संसदमा प्रखर वक्ताका रुपमा स्थापित सुनुवार एमालेका केन्द्रीय सदस्य र ओखलढुंगाका ईन्चार्ज पनि हुन।

डा राजन भट्टराई प्रतिनिधिसभा काठमाडौ ४
डा राजन भट्टराई काठमाडौको क्षेत्र नं ४ बाट सर्वसम्मत प्रतिनिधिसभाका सदस्यका लागि शिफारिस भएका छन् । लामो समय बिद्यार्थी आन्दोलन हाँकेका उनी बैदेशिक मामलामा समेत बिज्ञ मानिन्छन। चाबहिलका स्थानीय बासिन्दा भट्टराई वर्तमान सांसद समेत हुन्। एमालेका केन्द्रीय सदस्य भट्टराईको उम्मेदवारी पछि क्षेत्र नं ४ का एमाले कार्यकर्ता उत्साही भएका छन ।

हस्त शाही प्रदेशसभा हुम्ला १
हस्त शाही हुम्लाको क्षेत्र १ बाट प्रत्यक्ष रुपमा सर्वसम्मत प्रदेशसभाका सदस्यका लागि शिफारिस भएका छन् । २०४८ सालदेखि एमालेको ईलाका कमिटीबाट राजनितिक आयाम सुरु गरेका शाही अहिले युवा संघका केन्द्रिय सचिव तथा प्रचार विभाग प्रमुख पनि हुन् । २६ वर्ष लामो राजनितिक संघर्ष गरेका उनी नेकपा एमालेका हुम्ला जिल्ला कमिटीका पुर्व सचिव तथा प्रदेश युवासंघका संयोजक पनि हुन् । पटक पटक जेल जिवन सहन गर्दै देश विकासका निमित्त लड्ने उनी देश विकासमा युवाको महत्वपुर्ण भुमिका हुने भएकाले युवाकै नेतृत्व हुनुपर्ने बताउँछन् । हुम्ला जस्तो दुर्गम जिल्लाको विकासको लागि युवा नेतृत्व नै आजको अपरिहार्यता हो भन्ने उनको बुझाई छ ।

2946 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janamat health right side janta bank janata bank