साइबेरिया सैन्य अभ्यास: अमेरिका रुस शित युद्धको सम्भावना

बुधबार, भदौ २७, २०७५



मस्को । शित युद्धपछि रुसले पूर्वी साइवेरियामा आज सम्मको सबै भन्दा ठुलो सैन्य अभ्यास गर्दैछ । करिव ३ लाख सैन्य सहभागी हुने उक्त सैन्य अभ्यासमा चिनियाँ सेना समेत सहभागी हुने जनाइएको छ ।

रुसको रक्षा मन्त्रालयको भनाई अनुसार भोस्तोक २०१८ मा गरिने सैन्य अभ्यास ३६ हजार ट्याङक, एक हजार युद्ध विमान र युद्धको समर्थनमा प्रयोग गरिने ८० वटा जहाज सहभागी हुनेछन् । सोभियत संघको समाप्ती पछि अमेरिकालाई सबै भन्दा ठुलो तनाम दिने उक्त सैन्य अभ्यासलाई लिएर नेटोले ठुला ठुला संघर्षको निम्ती गरिएको पूर्वाधारका रुपमा उक्त अभ्यासको निन्दा गरेको छ ।

रुसी टेलिभिजनमा देखाईए अनुसार सैनिक ट्रकहरु, नौ सेनाका ट्याङकहरु, युद्ध सामग्री बोकेका ट्रकहरु मालवाहक रेलमा साइवेरिया तर्फ प्रस्थान गरेको छ । असंख्य हेलिकप्टर र लडाकु विमानहरु साइवेरिया तर्फ उडेको देखाइएको छ ।

rus

बेजिङले जनाए अनुसार पिपुल्स लिबरेसन आर्मी (पिएलए) का ३२ सय सदस्यहरु मस्कोबाट ५ हजार किलोमिटर दुरीको अभ्यासमा सामेल हुनेछन् । साथै सेनाका ६ वटा जेठ विमानहरु संग्लग्न हुनेछन् । उक्त सैन्य अभ्यासलाई लिएर नेटेले भन्यो संयुक्त राज्य अमेरिका, जुन एसिया प्यासेफिक क्षेत्रमा बलियो सैन्य उपस्थिती जनाएर बसेको छ ।

उसले उक्त अभ्यासलाई नजिकबाट नियाल्नेछ । रुस र चिनको बीच बढ्दै गरेको विश्वास र सम्बन्ध पश्चिमी राष्टहरुलाई नमिठो लाग्दैछ । सोभियत युगमा भएको सन् १९८१ को सबै भन्दा ठुलाे सैन्य अभ्यासलाई उछिन्दै गरिने अभ्यासमा चिनिया सेना सहभागी हुने राष्ट्रपति सिको घोषणा पछि अमेरिकाको मनमा चिसो पसेको छ ।

जसले नयाँ शित युद्धको सुरुवात हुन सक्ने विश्लेषकहरुको ठम्याई रहेको छ । ग्लोबल एफियर रसियाका सम्पादक फियोडर लुकानोभरले भने, मस्को र बेजिङ सँगै देखिनुमा अमेरिका जिम्मेवार छ । अझ थप्दै उनले भने स्पष्ट रुपमा हामी रुस र चीनबीच बढ्दो उत्साह देख्न सक्छौ । किनकी संयुक्त राज्य अमेरिका दुवै देशका विरुद्ध खेल गम्भिर खेल खेल्दैछ । यस सन्दर्भमा हामी यसो भन्न सक्छौ कि डोनाल्ड ट्रम्प नै रुसी चीनियाँ नजिक सम्बन्धको प्रमुख संरक्षक हुन् ।

203 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank