सिद्धबाबालाई तीन लाख धरौटीमा रिहा गर्न अदालतकाे आदेश

सोमवार, पुस १४, २०७६



फायल तस्वीर

काठमाडौं । बलात्कारको अभियोगमा सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीले सोमबार तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

आफ्नै अनुयायी माथि बलात्कारको आरोप लागेका शिद्धबाबाको मुद्दामा आइतबारदेखि  थुनछेक बहस शुरु भएपनि सोमबार मात्र बहस सकिएकाे थियाे ।  बहसपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।  सुनसरीका श्रेस्तेदार नगेन्द्र केशरी पोखरेलले सिद्धबाबालाई तीन लाख  धरौटीमा रिहा गर्न आदेश दिएको जानकारी दिए ।

यस्ताे छ अदालतकाे  आदेश

BABA

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments