सिद्धबाबा म्याद थप गरी पुनः विराट नर्सिङ होममै

शनिबार, मंसिर २८, २०७६



काठमाडौं । बलात्कार गरेको आरोपमा अनुसन्धानको घेरामा रहेका सिद्धबाबा उर्फ ‘कृष्णबहादुर गिरी’ माथिको अभियोगपत्र तीन दिनभित्र अदालतमा बुझाइने भएको छ । तेस्रो पटक म्याद थपका क्रममा तीन दिनभित्र मिसिल बुझाउनू भन्ने अदालतको आदेशबमोजिमको तयारी थालिएको सुनसरी प्रहरीले जनाएको छ ।

सुनसरीका प्रहरी प्रवक्ता डीएसपी विनोद शर्माका अनुसार अदालतको आदेशबमोजिम तीन दिनभित्र कृष्णदासउपरको मुद्दा अदालतमा बुझाइनेछ । डीएसपी शर्माका अनुसार कृष्णबहादुर गिरीसँगको बयान सकिएको छ । आवश्यक अनुसन्धानसमेत अन्तिम चरणमा पुगेको प्रहरीको भनाइ छ ।

यसअघि दुई पटक गरी ११ दिनको म्याद अस्पतालमै गुजारेका कृष्णदासलाई पछिल्लोपटक आज तीन दिनको म्याद थप गरी पुनः विराट नर्सिङ होममै राखिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments