‘अर्काे बिहेबारे साेचेकी छैन ’

सोमवार, पुस २४, २०७४



काठमाडौँ । नायिका श्वेता खड्काले आफुले बिहे गर्ने कुरा सोच्नसम्म नसकेको बताएकी छन् । केही मिडियाहरुले आफुखुसी मेरो बिहे हुने भन्ने कुरा बाहिर ल्याएपछि आफु छक्क परेको उनले बताइन । नेपालपाटी डटकमसँग कुरागर्दै नायिका खड्काले निराधार समाचार बनाएर आफ्नो छविमा धक्का नपुर्‍याउन पनि आग्रह गरेकी छन् ।

आफन्तले उक्साएर श्वेताले बिहे गर्दैछिन् भन्ने समाचार केही मिडियामा आएपछि उनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएकी छिन् । खड्का भन्छिन् ‘म आफ्नो निर्णय आफै गर्न सक्छु, अरुले बहकाएर हुँदैन ।’

लामो समयपछि चलचित्र ‘कान्छी’ मार्फत कमब्याम हुन लागेकी नायिका खड्काले फागुन ४ गते कान्छीलाई प्रदर्शनमा ल्याउने तयारी थालेकी छन् । बिहे गरेको एक महिना नबित्दै उनले आफ्ना पति नायक श्रीकृष्ण श्रेष्ठलाई गुमाएकी थिइन् ।

आफ्ना पतिको सम्झनामा चलचित्र ‘कान्छी’ निर्माण गरेकाले कान्छीलाई सबैले माया गरेर हलसम्म पुगिदिन पनि सबैसँग आग्रह गरेकी छन् ।

 

1493 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank