कहिले हेर्न पाइन्छ श्रीपेच……

सोमवार, साउन १४, २०७५



काठमाडौं  । श्रीपेच प्रदर्शनीमा राख्ने अन्तिम तयारी गरेको नारायणहिटी विकास समितिले इलेक्ट्रोनिक सुरक्षा प्रणाली सुदृढ गर्ने प्रकृया थालनी शुरु गरेको छ । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा गठित समितिले सुरक्षा प्रणाली मर्मत संहार गर्न टेण्डर आब्हान गरेको छ ।

२०६९ सालमा करिब १ करोड ५० लाख रुपियाँमा जडान गरिएको सिसिटिभी लगायतका सुुरक्षा यन्त्रमा खराबी देखिएपछि त्यसलाई मर्मत गर्न टेण्डर आब्हान गरिएको हो । समितिले शनिबार २८ लाख ७५ हजार रुपिया बराबरको सुरक्षा प्रणाली मर्मत गर्न टेण्डर आब्हान गरेको छ ।

सकभर असोज नभए कातिक मसान्तभित्र श्रीपेच लगायतका सामाग्री राख्न मिल्नेगरी सुरक्षा यन्त्रहरू मर्मत गर्न लागिएको हो–समितिका संयोजक दाहालले भने ।

सुरक्षा प्रणाली मजबुत भएपछि श्रीपेच राख्ने प्रकृया अघि बढाइने भएको छ । नेपाली सेनाको कडा सुरक्षाभित्र श्रीपेच सहित राजदण्ड, दुई वटा मेस, ढाल, तरवार, रानीले लगाउने मुकुट९टायरा०, एउटा झारी, र दुई वटा चमर राख्न मिल्नेगरी बुलेटप्रुफ सोकेश तयारी भैसकेको छ ।

सरकारले तीन महिनाभित्र श्रीपेच प्रदर्शनीमा राख्ने योजना बनाएपछि समिति तातेको हो । लामो समयपछि सुरक्षा प्रणाली अवलोकन गर्दा बिग्रीएको फेला परेपछि पुन मर्मत गर्न टेण्डर आब्हान गरिएको संयोजक दाहालले बताए । नेपाल समाचारपत्र

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank