श्रीनिवासाचार्यद्वारा राष्ट्रिय छानविन आयोग गठन गर्न माग

मङ्लबार, असार १२, २०७५



काठमाडौं । २०७४ चैत २५ गते मोरङको विराटनगरमा गोली लागेका यूवा सन्त श्रीनिवासाचार्यले आफूमाथि झुटो आरोप लगाईएको भन्दै राष्ट्रिय छानविन आयोग गठन गर्न माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा मंगलबार पत्रकार सम्मेलन गरेर श्रीनिवासाचार्यले  जिल्ला अदालत मोरङले सामान्य तारेकमा रिहा गरेको जानकारी गराउँदै आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

असार ८ गते जिल्ला अदालत मोरङले श्रीनिवासाचार्यको बारेमा झिकाईएका मिसिलहरुको सुनुवाई गर्दै सामान्य तारेकमा रिहा गरेको थियो । उनले पत्रकारलाई ‘पात्रकार’ नबन्न समेत आग्रह गरे । उनले भने, ‘पत्रकार समाजको आँखा हो, त्यो आँखामा छारो परेको खण्डमा राम्ररी देख्न सकिँदैन्, सत्य सूचना समाजका बीचमा जानबाट बञ्चित हुन्छ, मेरो बारेमा जान्नको लागि पत्रकारले जुन भूमिका खेल्नुपर्ने थियो, त्यो हुन सकेन, मैले सरकारबाट न्याय पाउन सकिनँ, उल्टै मेरा शुभचिन्तक र अंगरक्षकलाई चरम यातना दिएर बलजफ्ती औंठा छाप लगाउने काम गरियो, झुटको खेती गरेर अपराधीलाई उन्मुक्ति दिने काम गरियो, यसको भित्री कारण खोज्नको लागि कोही तयार भएन, मलाई यस कुराले दुःखित् बनायो ।’

आफूलाई गोली लाग्दा लाखौंले थाहा पाउनेगरि समाचार बनेको उल्लेख गर्दै उनले भने,‘तर दुःखको कुरा मलाई नै कुनै कुरा बोल्न नदिएर एकतर्फी पत्रकार सम्मेलन गरेर ‘आफूले आफूमाथि गोली प्रहार गर्न लगाएको’ भन्ने समाचार विश्वले थाहा पाउने गरि प्रकाशित भए, सत्य जानेर समाचार लेखिएन, मनगढन्ते र अरुका कुरा सुनेर समाचारहरू प्रकाशित भए ।’

कार्यक्रममा स्वामी पद्यमधर आचार्यले पत्रकार देशको आँखा भएकाले समाचार सम्प्रेषणमा ध्यान दिन आग्रह गरे ।

एकीकृत राप्रपा ‘राष्ट्रवादी’का सह–महामन्त्री एवम् प्रदेश नम्बर १ का संयोजक दीपेन्द्र भण्डारीले यूवा सन्त श्रीनिवासाचार्यलाई फसाउन खोजिएको आरोप लगाएका छन् ।

59 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank