श्रीनिवास आचार्यमाथि गोली प्रहार गरेको आरोपमा दुई पक्राउ

सोमवार, चैत्र २६, २०७४



काठमाडौं । हिन्दू धर्मका गुरु श्रीनिवास आचार्यलाई गोली प्रहार गरेको आशंकामा मोरङ प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

घटना भए लगत्तै घटना स्थलमा पुगेको प्रहरी टोलीले यो घटनालाई सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको र पक्राउ पर्ने को नाम सार्वजनिक गर्ने नमिल्ले मोरङका प्रहरी उपरीक्षक अरुण कुमार विसीले जानकारी दिए ।

उनले छुट्टै टोलीको गठन गरेर यो घटनाको अनुसन्धान भईरहेको बताए भएको छ । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र« घोषणा विरुद्ध आवाज उठाउने अगुवा मध्येका एक श्रीनिवास आचार्यलाई गोली हानिएको विरोधमा उनका सर्मथकहरुले आइतवार नै पत्रकार सम्मेलन गरी नारा जुलुस गर्दै बजार परिक्रमा गरेका थिए ।

घटनामा संलग्नलाई गिरप्mतार गरी चाडै कारवाही नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । पंडित श्रीनिवासाचार्यलाई विराटनगर महानगरपालिका वडा १४ जतुवाको रामजानकी मन्दिर नजिक गोली प्रहार भएको थियो ।
बिहान करिब २ बजे पंडित आचार्यलाई दुई गोली हानिएकोमा एक गोली उहाँको दाँया कुमको नजिक लागेको छ ।

उनको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भईरहेको छ । उनको स्थिति खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आइतवार देखि शुरु हुन लागेको श्रीमद् भागवत पूराण कार्यक्रममा मुख्य वाचकका लागि पंडित आचार्य रामजानकी मन्दिरमा आएका थिए ।

79 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank