सभामुख जयासुरिया र राष्ट्रपति सिरिसेना संवाद विफल-श्रीलंकाली राजनीति नयाँ मोडमा

बिहिबार, कार्तिक १५, २०७५



कोलम्बो । श्रीलंका राजनीतिले संबैधानिक अराजकता पक्डीएको कारण दलहरुबीच अबिश्वास सिर्जना भएको छ । राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री विक्रमसिंघेलाई अचानक बर्खास्त गर्दै पूर्व राष्ट्रपति राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै विवादमा चुलिएको श्रीलंकाको राजनीति दिन प्रतिदिन फस्दैछ ।

राष्ट्रपतिले संसद निम्बलन गरे सँगै संबैधानिक विवादमा तानिएको श्रीलंकन राजनीतिलाई सहि ट्रयाकमा ल्याउन सभामुख जयासुरिया र राष्ट्रपति सिरिसेनाबीच भएको संवाद विना निश्कर्ष टुङ्गीएको छ । सभामुख करु जयासुरियाको प्रवक्ता चामिण्डा गामागेको भनाई अनुसार ‘संसदले प्रधानमन्त्री चुन्न पाउनु पर्ने प्रस्ताव राष्ट्रपति सिरिसेनाले अस्विकार गर्दा संवाद विना निश्कर्ष टुङ्गिएको हो ’। राष्ट्रपति सिरिसेनाले भने, सभामुखको अनुराधलाई छिट्टै विचार गरिनेछ ।

सिरिसेनाको आधिकारिक निवासमा बुधबार भएको बैठकमा सभामुख जयासुरियाको पार्टी युएनपीको माग अनुसार २२५ सदस्यीय संसदलाई प्रधानमन्त्री चुन्न दिनु पर्ने प्रस्तावलाई विनम्रतापूर्वक सुनिमात्र रहे ।

गत मंगलबार कोलोम्बोमा निकालिएको दशौं हजारको जुलुसले सिरिसेनाको कदम विरुद्ध नारावाजी गरे सँगै राष्ट्रपति सिरिसेना सभामुखसँग संवाद गर्न राजी भएका थिए ।
श्रीलंकाली कानुनी विशेषज्ञको तर्क अनुसार राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री नियुक्त गर्न सक्नेछन् । तर बर्खास्त गर्न सक्दैनन । प्रधानमन्त्रीलाई हटाउन संसददले मात्र सक्छ भन्ने कुरा प्रति सरकारको कानुनी सल्लाहकारले टिप्पणी गर्नु अनुचित हुने बताए ।

राजपाक्षेको सपथ

पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफुलाई प्रधानमन्त्री घोषित गरिरहेको समय नयाँ प्रधानमन्त्री राजापाक्षेलाई राष्ट्रपति सिरिसेनाले सपथ खुवाएका छन् ।
राजापाक्षेले मन्त्री मण्डल घोषणा गर्दै आफैले अर्थ मन्त्रालय समालेका छन् । सन् २०१८ को बजेट केहि समय भित्रै जारी गर्ने राजापाक्षेको खेल संगै संसद सदस्यको किनबेच मार्फत सत्तामा मजबुद हुने आरोप विपक्षीले लगाएका छन् ।

राजापाक्षे समर्थकको दावा अनुसार आफ्नो पक्षमा ११३ जना सांसद रहेका छन् । जबकी उनको पार्टीको सांसदको संख्या केबल ९६ रहेको छ । १७ सांसदलाई करोडौंमा किनिएको, मन्त्रीपदकाे लोभ देखाइएको विपक्षीको आरोप पछि श्रीलंका राजनीति नयाँ मोडमा पुगेको जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank