श्रीलंकाली संसदद्वारा राजापाक्षे अस्वीकृत

बुधबार, कार्तिक २८, २०७५



कोलोम्बो । श्रीलंकाको सुप्रिम कोर्टले गत मंगलबार राष्ट्रपति सिरिसेना मैत्रिपालको आदेश उल्टाइदिएको छ । सुप्रिम कोर्टको आदेशले नयाँ जीवन पाएको संसदको बैठक सभामुख करु जयासुरियाबाट आज बोलाइएको थियो ।

गत अक्टोबर २६ तारिखमा राष्ट्रपति सिरिसेनाले  पूर्व राष्ट्रपति महेन्द्रा राजापाक्षेलाई प्रधानमन्त्री पदमा नियूक्त गर्दै विक्रमसिंघे सरकारलाई बर्खास्त गरेका थिए । राष्ट्रपतिको असंबैधानिक कदमलाई चुनौती दिदैं विक्रमसिंघेले आफुलाई बैधानिक प्रधानमन्त्री भएको बताउँदै आएका थिए ।

जसको कारण गत शुक्रबार राष्ट्रपतिले संसद विघटन गर्दै नयाँ निर्वाचनको मिति सन् २०१९ को ५ जनवरीमा तोकेका थिए । २२५ सदस्यीय श्रीलंकाली संसदमा राजापाक्षेको पार्टीको संसद संख्या केबल ९६ रहेको अबस्थामा मंगलबार जीवित संसदको बैठकले राजापाक्षेको विरुद्धमा बहुमत सदस्यले मतदान गरेको जनाएको छ । संसदको सभामुख करु जयासुरियाले आफ्नो अधिकारको दुरुपयोग गर्दै जवरजस्ती  मतदान गराएको प्रधानमन्त्री राजापाक्षे समुहले लगाएको छ ।

jayasurea

राजापाक्षे प्रधानमन्त्री पदमा अस्विकृत भएसंगै श्रीलंकाको राजनीति नयाँ संकटमा फसेको छ । वर्तमान संसदमा पूर्व प्रधानमन्त्री विक्रमसिंघेको पार्टी अल्पमतमा रहेको कारण राष्ट्रपति श्रीसेनाले कसलाई प्रधानमन्त्री नियूक्त गर्ने छन् भन्ने चर्चाले अकस्मात स्थान पाएको छ ।

याे पनि पढ्नुहाेस

राष्ट्रपति सिरिसेनाको आदेश सुप्रीम कोर्ट द्वारा खारेज

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata