राष्ट्रपतिद्वारा संसद् भङ्ग

शनिबार, कार्तिक २४, २०७५



प्रधानमन्त्रीलाई हटाउने प्रयासपछि देशमा उत्पन्न राजनीतिक सङ्कटबीच श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संसद्‌ भङ्ग गरेका छन्।स्थानीय समय अनुसार शुक्रवार मध्यरातदेखि संसद् भङ्ग भएसँगै जनवरी ५ मा त्यहाँ आमचुनाव हुनेछ।यद्यपि राष्ट्रपतिको पछिल्लो कदमलाई सर्वोच्च अदालतमा कानूनी चुनौती दिन सकिनेछ।बर्खास्त गरिएका प्रधानमन्त्री रनिल विक्रमसिङ्गको पार्टीले त्यस्ता कदम चाल्ने अधिकार राष्ट्रपतिलाई नभएको बताएको छ।

विक्रमसिङ्गलाई हटाएर उनको ठाउँमा राजापक्षलाई ल्याउने राष्ट्रपतिको प्रयासपछि त्यहाँ उत्पन्न राजनीतिक सङ्कटमा अर्को मोड थपिएको छ। गत महिना राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री विक्रमसिङ्गलाई बर्खास्त गर्दै उनको स्थानमा पूर्वराष्ट्रपति महिन्दा राजापक्षलाई अघि सारेका थिए। वीवीसीका अनुसार विक्रमसिङ्गको युनाइटेड न्याशनल पार्टी (युएनपी) का एक सांसदले संसद् भङ्ग गर्ने राष्ट्रपतिको कदम ‘गैरकानूनी’ भएको भन्दै त्यो अस्वीकृत हुने विश्वास व्यक्त गरेका छन्।

401 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank