नेकपाका पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारी रहेनन्

सोमवार, असार २३, २०७६



भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको निधन आज(सोमबार) भएको छ । अधिकारीकी बहिनी पत्रकार शान्ता अधिकारीका अनुसार नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि काठमाडौँको सघन उपचार कक्षमा उपचाररत् अधिकारीको राति ८:०२ बजे निधन भएको हो ।

गएको पुस २७ गते विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा भर्ना भएका उनलाई वैशाख २२ गते थप उपचारका लागि हरिसिद्धि लगिएको थियो । उनको फोक्सोमा देखिएको क्यान्सर फैलिएर टाउकोसम्म पुगेको र शरीरको कम्मरमुनिको भागमा पक्षघातसमेत भएको थियो ।

विसं २०१२ साउन गते हालको अजिरकोट गाउँपालिका–३ गोर्खामा जन्मिएका अधिकारी विसं २०३२ देखि कम्युनिष्ट आन्दोलनमा लागेका थिए । माओवादी पार्टी विभाजनसँगै वैद्य नेतृत्वमा लागेका उनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्री रामबहादुर थापालगायतले अस्पताल पुगेर स्वास्थ्य लाभको कामनासहित सहयोगका लागि आश्वासनसमेत दिएका थिए ।

अधिकारीका छोरा नारायण उक्त पार्टीको गोर्खा जिल्ला इञ्चार्ज र बुहारी सुशीला थापा पार्टीको केन्द्रीय सदस्य रहेका छन् ।

स्वर्गीय अधिकारीको पार्थिव शरीरलाई आज बिहान ९ बजे पार्टी कर्यालयमा श्रद्धान्जलीक लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारले बताएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata