राजापाक्षेको राजः भाइ राष्ट्रपति, दाजु प्रधानमन्त्री

बिहिबार, मंसिर ५, २०७६



एजेन्सी । श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले आफ्ना दाजु तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई नयाँ प्रधानमन्त्रीका रूपमा चयन गरेका छन् । उनले १० वर्षसम्म  श्रीलंकामा १० वर्षसम्म राष्ट्रपतिको रुपमा राज गरेका थिए । उनले श्रीलङ्कामा गृहयुद्धको कारण बनेका तमिल टाइगर्स विरूद्धको लडाईमा सशक्त भूमिका खेलेका थिए ।

उनलाई हालै राष्ट्रपति बनेकागोताबेया राजापाक्षेले प्रधानमन्त्रीमा मनोनित गरेका हुन् । प्रधानमन्त्री रनिल विक्रमासिंघेले गत  बुधबार राजीनामा दिएपछि राजापाक्षेलाई  प्रधानमन्त्री नियुक्त गर्ने बाटो खुलेको थियो ।

त्यहाँ आगामी जनवरीमा संसदीय निर्वाचन हुनेछ । नवनियुक्त प्रधानमन्त्रीले सन् २०२० को मार्चमा संसदीय निर्वाचन नहुँदासम्म प्रधानमन्त्रीका रूपमा काम गर्नेगरी जिम्मेवारी दिन लागिएको राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ ।राजापाक्षेको नेतृत्वमा १५ सदस्यीय कामचलाउ मन्त्रीमण्डलको गठन हुन लागेको पनि स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

महिन्दा हाल विपक्षी दलका नेता छन् । विक्रमासिंघेले मंगलवार राष्ट्रपति राजपाक्षेसँग भेट गरी संसद्को भविष्यबारे छलफल गरेका थिए ।

संसदमा आफ्नो सरकारको बहुमत भए पनि राष्ट्रपतिको पाएको नयाँ जनादेशलाई ख्याल गरी राजीनामा दिएको बताएका छन् । राजपाक्षेले सानो आकारको प्रारम्भिक नयाँ मन्त्रिपरिषद् गठन गर्ने जनाइएको छ।

तत्कालीन राष्ट्रपति मैत्रिपाला सिरिसेनाले अक्टोबर २६, २०१८ मा विक्रमासिंघेलाई बर्खास्त गरी महिन्दालाई प्रधानमन्त्री बनाएका थिए ।

अदालतले उक्त कदम अवैध भएको फैसला गरेपछि महिन्दाले गत डिसेम्बरमा राजीनामा दिएका थिए । महिन्दा राजपाक्षे सन् २००५ देखि २०१५ सम्म श्रीलंकामा राष्ट्रपति बनेका थिए। उनी २४ वर्षकै उमेरमा सांसद बनेका थिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata