पतिपत्नी !

लघु कथा

आइतवार, असार १५, २०७६



लघु कथा – पतिपत्नी

रेणु चौरस्तामा उभिएकी थिइन् ।
शनिदेवले रेणुको छेवैमा गएर भने, “रेणु के छ त ? तिम्रो खवर ? आजकाल अधिकार लागेको छैन ? निकै फुर्सदमा उभिएकी छौ त ? “

“शनि तिमीले के  भन्न खोजेको हँ ?  सडकहरूको भिडमा भेट्दा पनि यस्तो कुरा ? हरेक पटक किन उडाउछौ हँ ?”
“तिम्रो व्यवहार देखेर म  तीन छक परेँ , बा !” रेणुले झोकिदै रिस पोखिन् ।

रेणुको रिसमा आफ्नु रिस थप्दै शनि बोल्न थाल्यो, “ए रातै, तिमीहरूको काम घरका महिला उचाल्ने हैन र ! ”
” अस्ति तिमीहरूले उचालेर मेरो साथीको घरै उठिबास भयो । त्यस दिन भेटेको भए त नि ! “

” हैन देख्नु न सुन्नु आरोप लगाउछस्,तेरो बुद्दि रितिएछ अब चाहिँ ।”
” के भयो हँ ? तेरो साथीलाई ? प्रस्टै भन् न  । आरोप किन लाउछस् ?” रेणुले भनी ।

“भन्नै लाग्या थें नि ! तँलाई चिच्याउनु पर्छ ।” तिमीहरूको कारणले निकेसको घर बिग्रयो । थाहा छ ?”  शनिले भन्यो ।

” धेरै नखोकि भन् न ।”
” कुरा के हो ?”  रेणुले भनी ।

शनिले बेलिविस्तार लगाउन थाल्यो ।
“पोहोर मात्रै विहे गरेर श्रीमतीलाई घरमा राखेर विदेश गएको, गएर त्यत्रो पैसा पठायो । अहिले आउँदा न घर बन्यो, न जग्गा जोडियो !  ”
“बुढा भाका बा आमा नाङ्गाको नाङ्गै, न घरजम नै रह्यो । सबै स्वा: !”

“आजकालका आइमाईको कुरै नगरौं, विहे एकतिर रोमान्स अर्कैतिर ।”
“आखिर तै त गरि नि निकेसकी स्वास्निले !  ”
“अहिले मुद्दै हालि । ”
“जन्मिएकी छोरी पनि छोडेर  सम्बन्ध विच्छेद गरि । ”
” त्यै भनेको बुझिस अब !  ”

“हेर शनि, निकेसले आफ्नो राजीखुशीले विहे गर्यो, जवान श्रीमती छोडेर विदेश गयो । ”
“आफ्नै मर्जिले श्रीमतीलाई  पैसा पठायो ।”
” उ जस्तै श्रीमती विदेशीएकी भए घर गाउँ चाहारेर गाँउका छोरी, बुहारी जुठ्याएर मञ्जा मार्ने उहीँ हुन्थ्यो ।”

“त्यस बेला उसको  नैतिकता ,  आचरण, विश्वास र पारिवारिक जिम्मेवारी आदिका कुरा त तँ गर्दैन थिइस ? ”
“पतिपत्नीको सम्बन्ध बन्ने र बिग्रने त मलाई सोधेर हैन होला नि ! त्यसै म तिर फर्केर किन बक्छस् हँ तँ ?  ? ”
“यस्ता सम्बन्ध त विश्वास, अपनत्व र निकटताले टिकेका हुन्छन् । के त्यो पनि मेरै जिम्मा हो र ?  लाज छैन तँलाई ? ”

“तेरो साथीले विहे गर्न खोज्दा र वैदेशिक रोजगारमा जाने बेलामा घरपरिवार र श्रीमतीको मानवीय आवश्यकताका विषयमा सोच्नु पर्थ्यो नि !”
“जवान श्रीमतीलाई विहे गर्ने बित्तिकै घरमा छोडेर जानु नै उसको दोष हो । श्रीमतीका पनि त  शारीरिक र मानसिक आवश्यकताहरू हुन्छन नि ।”
” जैविकीय आवश्यकता पुरूषलाई जती नै महिलालाई पनि चाहिन्छ भन्ने कुरा अहिलेको मानव समाजले नबुझेर पनि यस्तो भएको हो ।”
“पतिपत्नी टाढा हुँदा यस्ता विषयमा समस्या पर्न सक्छ ।”

“श्रीमतीले दिएको मुद्दाको कुरा मात्रै अधिकारसँग जोडिदैन शनि ! त्यस्ता कुरा  संवैधानिक र कानुनि हकको कुरा हो । ”
“महिला र पुरूषको मानविय अस्तित्वको सम्बन्धमा समानताको कुरा अधिकार मात्रै हैन सामाजिक न्यायसगँ जोडिएको छ । त्यसैले तिमी जतिको मान्छेले बोल्दा अलि विचार गरेर मात्रै बोल्ने गर । ”

“हरेक मानिसले सम्बन्ध भएपछि मात्रै  हक खोज्छ, बुझ्यौ ? ”
” पतिपत्नीको सम्बन्ध रगतको होइन भावनाको हो । भावना नमिले पछि विच्छेद हुनु स्वाभाविक हो र मान्नु पर्छ । ”

“त्यसैले अधिकारको कुरा गर्ने बित्तिकै हामी जस्तो अभियान्तातिर फर्कने हैन । आफुले के गरें ? के गर्नु पर्ने थियो ? कसरी समस्या उब्जियो ? सोचेर बोल्ने गर । ”

रेणुको कुरा पछि शनि बोल्नै सकेन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata