गैँडाले रिस यसरी पोख्यो..

बिहिबार, भदौ १२, २०७६



एजेन्सी । भनिन्छ, रिस मानिसको सबैभन्दा ठूलो शत्रु हो । समयमै रिसलाई व्यवस्थापन गर्न सकिएन भने दुर्घटना निम्त्याउन सक्छ । रिसले मानसिक, भावनात्मक समस्या त निम्त्याउँछ नै, यसका साथै शारीरिक समस्या पनि निम्ताउँछ । मानिसहरू मात्रै होइन जनवार पनि रिसाउँछन् । र, जनावर रिसाउँदा ठुलाठुला दुर्घटना र जोखिममा मानव जाति एवं मानवनिर्मित संरचनाहरू पर्ने  गर्दछ ।

एउटा यस्तै घटना सामुन्ने आएको छ । पछिल्लो दिनहरुमा सोसियल मिडियामा एक भिडियो भाइरल भइरहेको छ । जहाँ देख्न सकिन्छ- एक रिसाहा गैँडा यति रिसमा देखिन्छ कि उसले सामुन्ने खडा भएको गाडीलाई निकै नोक्सान पुर्याईदिन्छ । अचम्मलाग्दो कुरा के छ भने रोकीराखेको यस गाडीभित्र चालक मौजुद थिए । रिसाहा गैँडाले एकपटक होइन, दुइपटक होईन, तीन-तीन पटकसम्म गाडी पल्टाइदिन्छ । यो भिडियो देखेर सब हैरान छन् ।

यो भिडियो जर्मनीको सेरेनगेटी सफारी पार्कको हो । जर्मन न्युज आउटलेट बिल्डका अनुसार ३० वर्षको यस गैँडाको नाम कुसिनी रहेको छ । बताईएको छ यो सो गैँडाको रेख देख गर्ने व्यक्तिको कार नै कुसिनीले कुल्चिएको थियो । कार मालिकको ज्यान बचेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन् ।

यस भिडियो पार्कमा घुम्न आएको इगोर पेट्रोले खिचेका हुन् । उनी जीपमा बसेर पार्कको बाँकी हिस्सा घुमीरहेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata