झापामा नगरपालिकाका मेयर सवार गाडी दुर्घटनाग्रस्त

आइतवार, माघ १२, २०७६



झापा । प्रदेश नं. १ अन्तर्गत झापाको शिवसताक्षी नगरपालिकाका मेयर सवार सरकारी गाडी आज दुर्घटनामा परेको छ । दमकनजिकैको रतुवा खोला पुलमा मेयर चन्द्रकुमार शेर्मा सवार गाडी दुर्घटनामा परेको हो ।

मे१झ १५२ नम्बरको नगरपालिकाको उक्त गाडी मेयर शेर्माले चलाएका थिए । इलाका प्रहरी कार्यालय दमकले जनाएअनुसार विपरीत दिशाबाट आएको टिपरसँग ठक्कर खाएपछि गाडी दुर्घटनामा परेको हो ।

मेयर शर्मा सकुशल छन् । गाडीमा मेयर शर्मा मात्रै थिए । गाडीमा  क्षति  पुगेको बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments