डा.शिवमाया बनिन कानूनमन्त्री , सपथ आजै

सोमवार, फाल्गुन ५, २०७६



काठमाडौं । निवर्तमान उपसभामुख डा.शिवमाया तुम्बाहाम्फे कानूनमन्त्री बन्ने भएकी छिन ।  समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको बहिर्गमनसँगै भानुभक्त ढकालले समाल्दै आएको कानून मन्त्रालयको जिम्मेवारी तुम्बाहाम्फेलाई दिन लागिएको हो ।

सभामुख महराले बलात्कारको अभियोगमा बाध्यात्मक रुपमा पद त्याग गरेसँगै रिक्त पदमा डा. तुम्बाहाम्फेको चर्काे दाबी रहेपनि नेकपाको आन्तरिक राजनीतिक समिकरणले उनको चाहना पूरा हुन सकेन । उपसभामुखबाट राजीनामा दिदैं नेकपाको पाेल्टामा सभामुख पार्नको निम्ति उनले गरेको त्यागलाई कानून मन्त्रालयको जिम्मेवारीले परिपूर्ती गर्ने कार्य प्रधानमन्त्रीले गरेको चर्चा व्यापक छ ।

उपसभामुखबाट बिदा लिएसँगै पार्टीको केन्द्रिय सदस्यमा नियुक्त भएकी शिवमायाले सोमबार दिउँसो ३ बजे राष्ट्रपतिबाट शपथ लिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन ।  ताप्लेजुङ जिल्लामा जन्मिएकी शिवमायाले त्रिभुवन विश्व विद्यालयबाट पोलिटिकल मुभमेन्ट अफ वमन इन नेपाल विषयमा विद्याबारिधी गरेकी छिन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments