नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्रेष्ठ निलम्बन, तीन सदस्यीय छानविन समिति गठन

सोमवार, कार्तिक १८, २०७६



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठ निलम्बन भएका छन । डेपुटी  गर्भनर श्रेष्ठले पदीय मर्यादा बाहिर गएर गम्भीर प्रकृतीका अपराधिक गतिविधि गरेको आरोपमा उनलाई निलम्बन गरिएको हो ।

श्रेष्ठमाथि लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको र रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको लगायतका आरोप छन् ।

गत विहिबार बसेको मन्त्रीपरिषदको बैठकले श्रेष्ठमाथि छानविन गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको थियो । सरकारको निर्देशन पश्चात सोमबार विहान बसेको राष्ट्र बैंक सञ्चालन समितिको बैठकले श्रेष्ठ माथि छानविन गर्न तीन सदस्यीय समिति बनाएको हो ।

समितिमा सुवोध कर्ण र रामजी रेग्मी सदस्य रहेका छन् । समितिलाई एक महिनाभित्र छानविन गरेर प्रतिवेदन पेश गर्ने जिम्मेबारी दिइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata