उपसभामुख तुम्वाहाम्फेद्वारा मन्त्री बन्न अस्वीकार

बुधबार, मंसिर ४, २०७६



काठमाडौं । उपसभामुख शिबमाया तुम्बाहाम्फेलाई प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिन आग्रह गरेका छन ।  प्रधामनमन्त्रीले उपसभामुखबाट राजीनामा दिएर मन्त्री बन्न आग्रह गर्दा उपसभामुख तुम्बाहाम्फेले अस्वीकार गरेको जनाइएको छ ।

संविधानमा उल्लेख भए अनुसार सभामुख या उपसभामुख एउटै दलको हुन नपाउने भएपछि ओलीले उक्त आग्रह गरेको स्रोतले जनाएको छ । निर्वमान सभामुख कृष्णबहादुर महरालाई बलात्कारको अभियोग लागेसँगै उक्त पद रिक्त रहेको छ ।

तर उपसभामुख तुम्बाहाम्फेले सभामुखले गरेको गल्तीले आफूले भोग्नु पर्ने कारण नभएको उनी निकट स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रीमण्डल पूनर्गठन गर्न लागेसँगै तुम्बाहाम्फेलाई मन्त्री बनाउने आवश्वासन दिएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata