तरुण दल समाजको सहयोगी बन्नुपर्छ : नेता सिटौला

आइतवार, चैत्र २५, २०७४



झापा । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेपाल तरुण दल समाजको सहयोगी बन्न सक्नुपर्ने बताएका छन् । नेपाल तरुण दल प्रदेश नं १ स्तरीय तरुण प्रशिक्षण कार्यक्रमको आज बिर्तामोडमा उद्घाटन गर्दै नेता सिटौलाले त्यस्तो बताएका हुन् । उनले राम्रो कामलाई निरन्तरता र कमजोरीलाई सच्याएर जान सक्ने नीति तरुण दलले बनाउनुपर्नेमा जोड दिए ।

“तरुण दल समाजले चाहेको सहयोगी बन्न सक्नुपर्छ, यसका लागि प्रशिक्षण आवश्यक छ”, उहाँले भन्नुभयो, “हरेक तरुण नेता आफू परिवर्तन हुन आवश्यक छ ।” सिटौलाले तरुण दलमा भएका कमजोरीलाई सच्याउन निर्देशनसमेत दिए ।

कार्यक्रममा केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले कांग्रेसलाई कसरी ब्यूँझाउने भन्ने अवसर तरुण दललाई प्राप्त भएको उल्लेख गरे । कांग्रेस आफूभित्र मात्र बलियो होइन, अन्तरपार्टीमा पनि सक्षम हुनुपर्छ, रिजालले भने ।

कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमार यादवले तरुण आफूले सुरक्षा माग्ने नभएर पार्टीलाई सुरक्षा दिन सक्ने हुनुपर्नेमा जोड दिए ।

केन्द्रीय सदस्य मीन विश्वकर्माले पार्टीको भ्रातृ संगठनको मजबुत आधार तरुण दल भएको बताए । कांग्रेसले राष्ट्रिय मुद्दालाई जनताबीच पु¥याउन नसक्नु नै कांग्रेसभित्रको कमजोरी भएको उनको भनाइ थियो ।

तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा तरुण दल झापा अध्यक्ष गोपाल तामाङले आफ्नो भनाई राखेका थिए।
–––

100 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank