दक्षिण कोरियामा शीतकालिन ओलम्पिक आजबाट शुरु हुँदै

शुक्रबार, माघ २६, २०७४



काठमाडौं । दक्षिण कोरियाको प्योङचाङ शहरमा आजबाट शीतकालिन ओलम्पिक खेलकुदको २३ औं संस्करण शुरु हुँदैछ । प्रतियोगितामा हिउँमा खेलिने विभिन्न १५ खेल समावेश गरिएको छ । प्रतियोगिता २५ फेब्रुअरीसम्म चल्ने छ । दक्षिण कोरियाका १३ स्थानमा १५ खेलको प्रतिस्पर्धा हुनेछ ।

विश्वभरका झण्डै ३ हजार खेलाडीले १०२ वटा स्वर्ण पदकका लागि १७ दिनसम्म प्रतिस्पर्धा गर्नेछन् । शीतकालिन ओलम्पिकको यो संस्करण संसारमा असहलेसम्मकै चिसो ओलम्पिक बन्ने मौसम पूर्वानुमानहरुले देखाएका छन् ।

अल्पेन्सीयाको एउटा छानो नभएको रंगशालामा हुने उदघाटन समारोहको बेला तापक्रम माईनस ५ डिग्री सेल्सीयसमा झर्ने जनाईएको छ । यो ओलम्पिकका लागि उत्तर कोरियाका केही खेलाडीसमेत दक्षिण कोरिया पुगेका छन् । उदघाटन समारोहमा दुवै कोरियाली खेलाडीहरुले एउटै झण्डा लिएर मार्चपास गर्नेछन् ।

353 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank