शिशुको गुप्तांग कुकुरले खाइदिएपछि..

मङ्लबार, माघ १४, २०७६



कालिकोट ।  जिल्लाको रास्कोट नगरपालिका– ३ मा एउट अनौठो घटना घटेको छ  ।  रास्कोट नगरपालिका– ३  निवासी तीन महिने शिशुको गुप्तांग  कुकुरले खाइदिएको छ ।

सोमबार बेलुका ४ बजे घरमा डोकामा सुतिरहेको अवस्थामा उक्त शिशुको गुप्तांग कुकुरले  खाएको बताइएको छ । शिशुको गुप्तांग कुकुरले खाएपछि शिशुको उपचारका लागि तत्काल स्थानीय स्वास्थ्य संस्थामा लगिएको र स्वास्थ्य चौकीले थप उपचारका जिल्ला जिल्ला अस्पतालमा रेफर गरेको शिशुका बाजे नाम्चे दर्जीले बताए ।

शिशुको अवस्था गभिर रहेको दर्जीले बताएका छन् । ‘परिवारको आर्थिक अवस्था महँगो अस्पतालमा लगेर उपचार गराउनसक्ने खालको छैन, शिशुको अवस्था पनि गम्भिर छ’, उनले भने ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments