शिल्पीमा सकियो ‘राजेन्द्र लक्ष्मी’

सोमवार, माघ ८, २०७४



काठमाडौं । ख्वापा नाट्य समुहले शिल्पी नाटकघरमा मञ्चन गरेको नाटक राजेन्द्र लक्ष्मी सकिएको छ । पुष २५ गते देखि मञ्चन सुरु गरेको राजेन्द्र लक्ष्मी माघ २ गते सकिएको हो । प्रचण्ड मल्लद्धारा लिखित नाटकलाई प्रदिप खड्गी पासाले निर्देशन गरेका हुन् ।

पृथ्वी नारायण शाहले गरेको एकीकरण अभियानलाई नायवी राजेन्द्र लक्ष्मीले निरन्तरता दिएकी थिइन । उनले लमजुङ,तनहु, गोरखा आक्रमण गरेको इतिहासलाई नाटकमा देखाइएको थियो । नारि पनी कमजोर हुदैनन् भन्ने भाव नाटकले देखाएको थियो । नारि पनी युद्धमा होमिएर बिजय प्राप्त गर्छन भनने कुरा नाटक मार्फत देखाइएको हो । नाटकका निर्देशक प्रदिप खड्गीले बताए ।

अहिले देशमा राष्ट्रपती बिद्यादेवि भण्डारी पनी एउटा नारि हो । जो देश हाक्न सक्ने नारिका रुपमा लिन सकिन्छ । नाटकले राष्ट्रप्रेम, सद्भाव र देशका प्रजालाई माया गर्नुपर्छ । परि आएको खण्डमा नारि युद्धमा होमिएर देशलाई बचाउन सिकन्छ भनेर सन्देश दिएको छ । त्यसैले यो नाटकलाई हामीलाई मञ्चन गरेको प्रदिपले बताए । यो नाटक स्वर्गिय राजा बिरेन्द्रले २०५८ सालमा हाल रहेको संसदिय भवनमा हेरेका थिए । जुन बेला लेखक प्रचण्ड मल्लले नै निर्देशन गरि उत्त नाटक मञ्चन भएको थियो ।

यो नाटकमा मूख्य भुमिका अर्थात राजेन्द्र लक्ष्मीको एना देउजा रहेकी थिइन । त्यस्तै अन्य कलाकारहरुमा हेमन तन्डुकार, अर्जुन बोहोरा, सुरज सुबेदी, दिलिप बिष्ट, सञ्जय माली, सुरेन्द्र कटवाल, लेविदत्त थापा, अस्मिता पौडेल, दिपेश काफ्ले, केशव सिंह ठगुना, आयुष प्याकुरेल, महेश पौडेल, किरण चापागाई, युनिषा गुरु«ङ, रोहित खत्री, अनिषा कोइराला म्राटिना दिक्रुज, बिनोद पौडेल रहेका थिए ।

417 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank