यसरी हामीमाथि बम प्रहार भयो, नयाँं जीवन पाए जस्तो भएको छः राई

बम प्रहारबाट बचेपछि शेरधन राईको अनुभूती

मङ्लबार, कार्तिक २८, २०७४

loading...


काठमाडौ । बिहानको दश बज्दै थियो । हामी ट्याम्के मैयुमा आयोजना गरेको चुनावी सभामा सहभागि हुनका लागि त्यस तर्फ जाँंदै थियो। मेरो गाडिमा एक प्रहरी सहयाक निरीक्षक सहित नौ जना थियौ । ट्यम्केमैयु गाविसको वडा नं ६ मा हामी जाँंदै थियौ । अचानक अगाडि तर्फ ठुलो बिष्फोट भयो । गाडिको सिसा पनि फुट्यो ।

हाम्रो सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक डिल्लि देवकोटालाई चोट लागेको छ । बिष्फोट लगतै सुरक्षामा खटिएका असईले हवाई फायर गर्नुभयो। अलि माथि बाट पाँंचजना मान्छे भागेका देख्यौ। त्यस पछि हामीले गाडिलाई अलि पछाडि फर्कायौ। अहिले हामी सिक्तेल गुम्बमा बसेका छौं । सुरक्षा निकायमा खवर भएको छ । त्यो टोली आईपुगेको छैन । म माथि लक्षित गरी किन यसरी आक्रमण भयो म आफै आश्चर्यमा परेको छु ।

मेरो जित लगभग पक्का जस्तै छ । जीत पछि प्रदेश १ को मुख्य मन्त्री बन्ने कुरा पनि पक्का जस्तै छ। यस्तो अबस्थामा मलाई मुख्यमन्त्रीबाट रोक्न सकिन्छ भनेर पनि यो आक्रमण भएको हो। यो घटनाको जति निन्दा गरेपनि पुग्दैन । तर हामी नौ जनाले झण्डै मृत्युवरण गर्नुपरेको थियो । अहिले नयाँं जीवन पाएको महसुस गरेको छु ।

एमाले पोलिटब्युरो सदस्य राईसँंग नेपालपाटीले गरेको टेलिफोन वार्तामा आधारित ।

757 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv