प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त

बुधबार, फाल्गुन २, २०७४



मोरङ । एमाले प्रदेश नं. २ को संसदीय दलको नेता शेरधन राई प्रदेश नंं १ को मुख्यमन्त्री नियुक्त भएका छन् ।  प्रदेश प्रमुख गोविन्दवहादुर तुम्बाहाङले राईलाई बुधबार मुख्यमन्त्रीको नियुक्तिको पत्र दिए ।

संविधानको धारा १६८ को उपधारा (१) बमोजिम संसदमा बहुमत प्राप्त दलको नेता राईलाई प्रदेश प्रमुख गोविन्दवहादुर तुम्बाहाङले नियुक्त गरेका हुन् । एमाले संसदीय दलमा भीम आर्चायलाई २ मतान्तरले पराजित गर्दै राई दलको नेता चुनिएका थिए । राईलाई माओवादी केन्द्रको समेत समर्थन छ ।

प्रदेश कार्यालयले बिहीबार ३ बजे वीरेन्द्र सभागृहमा मुख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रम राखेको छ । प्रदेश प्रमुख गोविन्दवहादुर तुम्बाहाङले राईलाई सपथ खुवाउने छन् । बिहीबार नै पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने  नवनियुक्त मुख्यमन्त्री राईले जानकारी दिए ।

627 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank