देउवाको आरोप : ओलीसँग सल्लाह गरेरै भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको हो !

शनिबार, मंसिर ७, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको राष्ट्रवाद ‘झुटो’ भएको टिप्पणी गरेका छन् । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा देउवाले भारतले ओलीसँग सल्लाह गरेरै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको दाबी गरे ।

कालापानी मिचिँदा सरकारले सशक्त आवाज नउठाएकाे बताउँदै सभापति  देउवाले ओलीको राष्ट्रवाद नक्कली” भएको टिप्पणी गरेका हुन् । ‘भारतले यतिकै नक्सा सार्वजनिक गरेको होइन,’ देउवाले प्रश्न गरे, ‘ओलीकै सहमतिमा नक्सा छापिएको होइन भने सरकारले खै सशक्त कदम चालेको ?

उनले कम्युनिष्ट सरकारले जनताको आँखामा छारो हाल्ने काम गरिरहेको आरोप लगाए । सभापति देउवाले ‘ओली राष्ट्रवाद’लाई उनले ‘चुनावी कार्ड’को संज्ञा समेत दिएका थिए ।

फरक प्रसंगमा सभापति देउवाले अध्यादेशमार्फत सबै संयन्त्र कब्जा गरेर सरकारले ‘ब्रहमलूट’ मच्चाउने प्रयास गरेको भन्दै चर्को आलोचना गरे ।  उनले सरकारले सहमति र प्रजातान्त्रिक मूल्यमान्यताविपरीत अध्यादेश ल्याएर संवैधानिक परिषद् र अख्तियारलाई भर्तिकेन्द्र बनाउन खोजेको समेत आरोप लगाए ।

सरकारले ल्याउन लागेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश कुनै पनि हालतमा संसदबाट पारित हुन नदिने उनले चेतावनी दिए । ‘सरकार नसच्चिने हो भने कांग्रेस सडक र सदनमा संर्घष गर्न बाध्य हुनेछ,’ देउवाले भने ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata