प्रधानमन्त्रीले सञ्चार माध्यमले औँल्याएका गल्ती सच्याउन जरुरी छ: सभापति देउवा

मङ्लबार, जेष्ठ १३, २०७७



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार र मिडिया हाउसलाई राहतको योजना ल्याउन सरकारसँग माग गरेका छन । साथै उनले  भ्रष्टाचारको प्रश्न उठाउंदा अस्थिरता फैलाएको आरोप लगाएकाे भन्दै  अापत्ती जनाएका छन ।

मंगलबार कांग्रेस निकट पत्रकार संगठन प्रेस युनियनको स्थापना दिवसको अवसरमा शुभकामना दिदै सभापति देउवाले भने,प्रधानमन्त्रीले धन्यवाद दिएर दोषीलाई कार्वाही गर्नुपर्नेमा उल्टै संचार माध्यम र सामाजिक संजालले अस्थिरता फैलाएको आरोप लगाउनु भयो ।   म उहाँलाई प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति नराख्न फेरि पनि आग्रह गर्दछु । संचार माध्यमले औंल्याएका गल्ती सच्याउंदै अघि बढ्न प्रधानमन्त्रीले जरुरी छ ।

कोरोनाको महामारीका बेला मैले शुरु देखिनै नेपालको मिडिया र पत्रकारहरुबारे ४ वटा धारणा र आग्रह राख्दै आएको बताउँदै सभापति देउवाले  भने,आज फेरि त्यही दोहो¥याउन चाहन्छु भन्दै चारवटा धारण प्रस्तुत गरेका छन ।

सभापति देउवाले पत्रकारहरूबारे राखेका चार धारणा जस्ताकाे त्यस्तै

१,पत्रकारका लागि सुरक्षा सामग्री ब्यवस्था गर

  •  कोरोनाको जोखिमका बेला पत्रकारिताको काम सजिलो छैन, अतः देशभरका पत्रकारका लागि स्वास्थ सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य थियो । सरकार यसमा गम्भीर भएन ।
  •   बिरगंज, उदयपुर लगायतका ठाउँमा पत्रकारलाई कोरोना संक्रमण देखिएको छ ।
  •  देशभरका पत्रकारको निःशुल्क परिक्षण गरेर पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न म सरकार समक्ष माग गर्नेछु ।

२, पत्रकार र मिडिया हाउसलाई राहत योजना ल्याउ

  •  श्रमजीवी पत्रकार यो बिचमा कयौं बेरोजगार भएका छन् ।
  •  बिज्ञापन ब्यवसायमा असर पर्दा मिडिया हाउसहरु संकटमा परेका छन् ।
  •  देशभरिमा कयौं दैनिक र साप्ताहिक पत्रिका बन्द भएका छन् ।

पत्रकारिता क्षेत्रले भोगेको यो चुनौती सामना गर्न ब्यवस्थित राहत प्याकेज ल्याउन नेपाली कांग्रेसले यस अघिनै माग गरिसकेको छ । सरकारलाई म पुनः माग गर्न चाहन्छु ।
३, भ्रष्टाचारको प्रश्न उठाउंदा किन अस्थिरता फैलाएको आरोप ?

  • स्वास्थ सामग्री खरिद गर्दा गम्भीर भ्रष्टाचार भएको विवरण हाम्रा संचार माध्यमहरुमा आए ।

तपाईंहरुले निडरता पूर्वक लेख्नु भयो । प्रधानमन्त्रीले धन्यवाद दिएर दोषीलाई कार्वाही गर्नुपर्नेमा उल्टै संचार माध्यम र सामाजिक संजालले अस्थिरता फैलाएको आरोप लगाउनु भयो ।

म उहाँलाई प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति नराख्न फेरि पनि आग्रह गर्दछु । संचार माध्यमले औंल्याएका गल्ती सच्याउंदै अघि बढ्न प्रधानमन्त्रीले जरुरी छ ।

४, निडर भएर लेख्नोस्, तपाइहरुका साथमा म छु

  •  लक डाउन भएको दुई महिना पूरा भयो, प¥याप्त परिक्षण छैन । क्वारेन्टाइन कि गाई गोठ रु शोध्नुपर्ने स्थिति छ । पर्याप्त स्वास्थ सामग्री छैन । अत्यावश्यक राहतको उचित ब्यवस्थापन छैन । बिदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्ने कुनै योजना छैन । यस्तो स्थितिमा मिडियाले अझै खरो ढंगले आवाज उठाउन जरुरी छ ।
  • लक डाउनले समाजका सबै गतिविधि बन्द भएका बेला अनियमितता, बेथिति, भ्रष्टाचार र अलोकतान्त्रिक व्यवहार क्रमशः थप बढ्दै जान सक्ने खतरा देखिएका छन् । यस्तो बेला मिडियाले खबरदारीको भुमिका अझै बढाउन जरुरी छ ।
  •  म निडर भएर आफ्नो कलम चलाउन तपाईंहरुलाई आग्रह गर्दछु । मेरो सदैव साथ तपाईंहरुलाई रहनेछ ।

अन्त्यमा फेरि पनि नेपाल प्रेस युनियनलाई स्थापना दिवसको हार्दिक शुभकामना छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments