अहिलेको सरकार विकास सुस्त भ्रष्टाचारमा चुस्त: सभापति देउवा

बिहिबार, अशोज २, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति तथा कांग्रेस संसदीय दलका नेता शेर बहादुर देउवाले सरकारको कार्यशैली प्रति प्रश्न उठाएका छन ।

बिहिबार संसदको चालु अधिवेशनको अन्तिम दिनलाई सम्बोधन गर्दै सभापति देउवाले अहिलेको सरकार भ्रष्टाचारमा लिप्त भएको बताए । संसदलाई सम्बोधन गर्दै उनले भने, ‘वर्तमान सरकार विकास निर्माणमा सुस्त र भ्रष्टाचारमा चुस्त देखिएको छ’। सरकारले भ्रष्टाचारीलाई कार्बाही गर्नुको सट्टा संरक्षण गरेको आरोप लगाए । उनले वाइडबडी विमान खरिद प्रकरण र वालुवाटार जग्गा प्रकरण त्यसको उदाहरण भएको दाबी गरे ।

फरक प्रशंगमा बोल्दै बाँकेको खजुरामा नेपाली कांग्रेसको जागरण अभियानका क्रममा जिल्ला सभापतिको हात भाँचिदा समेत सरकार र प्रहरी मुख दर्शक भएको आरोप लगाए ।

उनले भने, ‘हाम्रा जिल्ला नेताको हात भाँचिएको छ। नेकपा कार्यकर्ताले आक्रमण गर्दा किन प्रहरी प्रशासन चुप बस्यो ? प्रहरी नेकपा वा कसैको कार्यकर्ता होइन। उसको काम शान्ति सुरक्षा गर्ने हो। त्यो किन भएन ?’ के शातिपूर्ण रुपमा कार्यक्रम गर्न नपाइने हो भन्दै प्रश्न गरे । उनले नेपाल प्रहरी पार्टीको कार्यकर्ता जस्तो भएको भन्दै आपत्ती जनाए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata