बुटवल कार्यक्रममा सभापति देउवा रुख खोज्दै

सोमवार, भदौ २, २०७६



बुटवल । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिलेको राजनीति भोटको भएको बताएका छन ।
आगामी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनलाई लक्षित हुँदै सभापति देउवाले निर्वाचन लक्षित प्रशिक्षण गर्नु पर्नेमा जोड दिए ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार रुपन्देहीको भैरहवामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले मिठो भाषणले मात्रै चुनाव जित्न नसकिने उद्घोष गरे ।

उनले भने, हरेक समुदायले आरक्षण पाएका छन । महिलाले पनि ३३ प्रतिशत आरक्षण पाएका छन । अब चुनाव कसरी जित्ने भनेर प्रशिक्षण दिनुपर्‍यो ।’ कार्यक्रममा पार्टीको चारतारे झण्डा नभएको भन्दै आक्रोशित बनेका देउवाले रुख खोई भनि प्रश्न गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata