सरकार नसच्चिए सडकमा जान्छौं: सभापति देउवा

सोमवार, साउन ६, २०७६



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकार विरुद्ध सडक आन्दोलन गर्ने चेतावनी दिएका छन । उनले सरकारको क्रियाकलाप जनमुखी नभएकोभन्दै सरकारलाई सच्चिन सुझाव दिए ।

वीपी जयन्तीको अवसरमा सहिद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा गरेको आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धि विधेयक परिमार्जन नगरे संसद बैठक नै अवरुद्ध पार्ने चेतावनी दोहोर्याएका छन ।

उनले सरकार शक्तिको आडमा प्रजातन्त्र माथि धावा बोलिरहेको आरोप लगाए । वीपी कोइरालाले मुलुकको राष्ट्रियता र सामाजवादका लागि प्रजातन्त्रलाई ठूलो योगदान गरेको भन्दै चर्चा समेत गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata