विशेष महाधिवेशन बोलाए हुन्छ, म सामना गर्न तयार छु : सभापति देउवा

बिहिबार, चैत्र २१, २०७५



मोरङ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीका असन्तुष्ट पक्षलाई विशेष महाधिबेशन बोलाएर देखाउन चुनौती दिएका छन् । बिहीबार विराटनगरमा नेपाल टेलिकम वर्कर्स यूनियनको १० औं महाधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले यदि सक्छन भने महाधिबेशन बोलाएर देखाउन चुनौति दिएका हुन् ।

उनले भने, पार्टीका २०/ २५ जना असन्तुष्ट ब्यक्तिहरुले विशेष महाधिबेशन बोलाए हुन्छ, म त्यसको सामना गर्न तयार छु । आफु बाहिर भएको बेला केही जिल्ला सभापतिले महाधिबेशन भेला बोलाउने सम्बन्धी बैठक गरेको आरोप लगाए ।  उनले फरक प्रसंगमा बोल्दै आफुले न्यायपालिका माथिको हस्तक्षेप स्वीकार नगर्ने स्पष्ट पारे । ‘न्याय परिषदले गर्ने निर्णय राजनीतिक भन्दा बाहिर हुनुपर्नेमा जोड दिदैं सभापति देउवाले न्यायपरिषदले गर्ने सिफारिसमा राजनीतिक हस्तक्षेप नगर्न चेतावनी दिए ।

उनले सरकारले संबैधानिक नियुक्तीमा सरकारले एकलौटी गरेको भन्दै आलोचना गरेका छन् । उनले आफुलाई संबैधानिक परिषदले बोलाएको भए पनि परिषदको बैठकमा आफु उपस्थित हुन नसकेको बताए । साथै आफ्नो अनुपस्थितीमा बैठक बसेर नियुक्ती गर्नु ठिक नभएको जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata