बाँस्कोटा प्रकरणमा निश्पक्ष छानबिन हुनुपर्छ: सभापति देउवा

सोमवार, फाल्गुन १२, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले निर्वतमान सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटा प्रकरण निश्पक्ष रुपमा छानबिन हुनुपर्ने बताए । उनले बाँस्कोटा प्रकरणमा जोडिएका सबैमाथि निश्पक्ष छानबिन हुनुपर्ने माग कांग्रेसको रहेको उल्लेख गरे ।

सोमबार राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ११ दिनको पुण्‍यतिथिमा लुम्बिनीमा आयोजित शोक सभामा बोल्दै सभापति देउवाले नीतिगत निर्णयको नाममा सरकारले मनपरी गरिरहेको आरोप लगाएका छन ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनको डिल गरिरहेको अडियो सार्वजनिक भएपछि आइतबार बाँस्कोटा माथि छानबिनको माग गर्दै अख्तियारमा मुद्धा समेत दर्ता भइसकेकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments