संवैधानिक अंगमाथि सरकारले हस्तक्षेप गर्यो :सभापति देउवा

शुक्रबार, मंसिर ६, २०७६



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारले संबैधानिक अंग माथि हस्तक्षेप गरेको आरोप लगाए ।  शुक्रबार कास्की जिल्लाको पोखरामा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारको चर्काे आलोचना गरे ।

उनले संवैधानिक परिषद् कठपुतली बनाएर सम्पूर्ण ठाउँमा आफ्ना मान्छे नियुक्त गरेको आरोप लगाउँदै अख्तियारलाई शाही आयोग बनाउन लागेको बताए । उनले बारमा जितेको भए न्याय परिषद्मा प्रतिनिधित्व हुने र सरकारले न्यायपालिकामा हस्तक्षेप गर्दा लड्ने ठाउँ हुने भन्दै उनले भने, त्यो सम्भावना नभएको बताएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata