कम्युनिष्ट सरकार अधिनायकवादतिर जान खोजे त्यसलाई रोक्नु पर्छ: देउवा

शनिबार, साउन १२, २०७५



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबाहदुर देउवाले कम्युनिष्ट सरकार अधिनायकबादतिर जान खोजे त्यसलाई संविधान र कानुनमा टेकेर रोक्नु पर्नेमा जोड दिएका छन् ।

शनिबार कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसनको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रलाई सम्वोधन गर्दै देउवाले उक्त कुरा बताएका हुन् ।

उनले संघ र प्रदेशको निर्वाचनमा पार्टी पराजय हुनुको कारण आन्तरिक घात भएको बताएका छन् । उनले कम्युनिष्टहरु प्रजातान्त्रीक हुन नसक्ने भन्दै टिप्पणी समेत गरे । उनले सरकारका एक पछि अर्काे गलत कदम र निर्णयका कारण आन्दोलनमा जान बाध्य भएको बताएका छन् ।

अन्तरघातका कारण २५ देखि ३० सिटसम्म हारेका छौं । हचुवाको भरमा भनेको हैन, तथ्याङकले त्यही वताएको भने ।’

उनले भने, “पार्टीभित्र अन्तरघातको समस्या व्याप्त छ, आफ्ना साथीप्रति दुश्मनी व्याप्त छ, यो रोगको निधान नभएसम्म पार्टी एक हुन सक्दैन ।” उनले थपे, “यो रोग निधान गर्न म प्रतिबद्ध छु ।”

नेपाली कांग्रेसको आन्दोलन गर्ने रहर नभएको भन्दै उनले भने, “हाम्रो आन्दोलन गर्ने रहर होइन, सरकारले जबरर्जस्ती आन्दोलन गर्न बाध्य बनायो ।” सरकारले अप्रजातान्त्रिक कार्य गरेका कारण आन्दोलन गर्नु परेको दाबी गर्दै उनले सरकारलाई लोकतान्त्रिक बाटोबाट अगाडि बढ्न आग्रह गरे ।

डा गोविन्द केसीको माग सम्बोधन हुनु सकारात्मक भएको भन्दै उनले सहमतिमा पनि चलखेल हुनसक्ने भन्दै खबरदारी आवश्यक रहेको बताए। कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको एकता आवश्यक रहेको भन्दै न्याय, निष्पक्ष र पारदर्शी मूल्यांकन गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताए । कम्युनिष्ट कमजोर होला र हामी बलियो हौंला भनेर सोच्न नहुने भन्दै उनले काँग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

सभामुख र उपसभामुखमध्ये दुबै एउटै पार्टीको भएको भन्दै उनले यो संविधान प्रतिकुल रहेको दाबी गरे ।  सो अवसरमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको नीति तथा प्रशिक्षण विभागलाई चुस्त दुरुस्त बनाएर संघीयता अनुसारका सांगठनिक संरचना बनाइने बताए ।

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको गुट उपगुट अन्त्य गरी पहिलो पार्टी बन्ने भन्दै यसका लागि सबैले आ–आफ्नो ठाउँबाट त्याग गर्नुपर्ने बताए ।

कार्यक्रममा सहमहमन्त्री डा प्रकाशशरण महत, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, डा रामशरण महत, रमेश लेखक, बारका पूर्व अध्यक्ष शेरबहादुर केसी, पूर्व सभामुख दमननाथ ढुंगाना, पूर्व राज्यमन्त्री देवेन्द्र कँडेललगायतले कांग्रेसलाई एक ढिक्का बनाएर आधुनिकीकरण गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

104 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank