एमसीसी पास गर्नका लागि कडा मेहनत गर्ने छु :सभापति देउवा

आइतवार, माघ ५, २०७६



काठमाडौं । पछिल्लो समय निकै विवादास्पद बनेको अमेरिकी अनुदान मिलेनीयम च्यालेन्ज कर्पोरेशन   (एमसीसी ) परियोजना बारे सत्तारुढ दल भित्र नै पक्ष विपक्षमा देखा परेका छन ।  सामाजिक संञ्जाल तताउन सफल एमसीसीबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसरी भए पनि एमसीसी पास हुने दाबी गरेका छन ।

आइतबार प्रेस युनियन दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले भने, ‘एमसीसी पास गर्नका लागि कडा मेहनत गर्ने छु।’ ‘यो परियोजनाको प्रकृया मेरो पालामा भएको हो । मेरो पालामा भएको यो परियोजनालाई जसरी पनि पास गराउनु पर्छ । ‘यो बिषयमा अरु दायाँ बायाँ केहि हुँदैन उनले भने ।’

नेपाली कांग्रेसलेनै यो परियोजनालाई पास गराउनका लागि पहल गर्ने आधिकारीक निर्णय नै गरिसकेकाले पनि कांग्रेस परियोजनाको पक्षमा कडा रुपमा उभिएको ठोकुवा गरे । सभापति देउवाले नेपाल जस्तो अल्पविकसित देशमा विदेशी सहयोग अनिवार्य रहेको भन्दै एमसिसी परियोजना अन्तर्गत अमेरिकाले ५० करोड अमेरिकी डलर सहयोग गर्ने बताए ।उनले बाहिर हल्ला चलेजस्तो इन्डोप्यासिफिक रणनीति एमसीसीमा नभएको समेत स्पष्ट पारे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments